कक्षाकोठामा मोबाईल बोक्न नपाइने




स्याङ्जा,असोज १५ । 

विद्यालयको पठन पाठनमा अवरोध पुग्ने गरी नै मोबाईल फोनको प्रयोग गर्न लागेपछि स्याङ्जाको मालुङ्गास्थित सार्वजनिक उच्च माध्यमिक विद्यालयले विद्यार्थीका साथमा रहेको मोबाईल जफत गरेको छ । 

विद्यार्थीलाई पटक पटक विद्यालयमा मोबाईल फोन प्रयोग नगर्न आग्रह गर्दा पनि नमानेपछि खानतलास गरी ३१ जना विद्यार्थीका साथमा रहेको मोबाईल फोन जफत गरिएको हो ।  विद्यार्थीलाई आगामी दिनमा मोबाईल फोन प्रयोग नगर्न चेतावनी स्वरुप यस्तो गरिएको भन्दै जफत गरिएका मोबाईल अभिभावकलाई नै जिम्मा लगाइने प्राचार्य गोपाल भट्टराईले जानकारी दिनुभयो ।

Related

प्रविधि 6379389446352217763

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item