बाबुले अर्की पत्नी लिए पछि छोरीको बिचल्ली



ओखलढुङ्गा, असोज  १५ ।

 मानसिक सन्तुलन गुमाएकी छोरीलाई आमाले ओखलढुङ्गाको केत्तुके गाविस–३ की नौ वर्षदेखि दाम्लोमा बाँधेर राख्ने गरेकी छन् । एकमात्र छोरी १६ बर्षीय सुन्तली तामाङको मानसिक सन्तुलन गुमेपछि आमाले नौ वर्षदेखि दाम्लोमा बाँधेर राखेकी हुन् । जन्मैदेखि बोल्न नसक्ने भएर एकाएक मानसिक सन्तुलन गुमेपछि सुन्तलीलाई डोरीले बाँधेर राख्ने गरेको आमा मौलीमाया तामाङले बताइन् ।
मौलीमाया स्थानीय भीमसेनस्थान मावि केतुकेका कार्यालय सहयोगीसमेत हुन् । उनले घरमा हेरचाह गर्ने कोही नभएपछि डोरीले बाँधेर राख्नु परेको बाध्यता रहेको बताईन । ‘हेर्ने मान्छे घरमा कोही नभएकाले स्कुल आउँदा छोरीलाई सँगै ल्याएर बाँधेर राख्छु,’ उनले भनिन्, ‘घरमा छोड्दा जथाभावी हिँडेर भाग्ने डरले बाँध्ने गरेकी हुँ ।’

छोरी बिरामी भएपछि उपचारका लागि केही वर्षअघि धरानको बिपी कोइराला मेमोरियल अस्पताल लगे पनि उपचार हुन नसकेको उनको भनाई छ । अस्पतालले भारतमा लगेर उपचार गर्न सुझाव दिए पनि आर्थिक अभावले उपचार गराउन नसकेको मौलीमायाको गुनासो छ ।
भारतीय सेनामा जागिरे उनका श्रीमान् मौलबहादुर १४ वर्षदेखि दोस्रो श्रीमती बिहे गरेर जागिरबाट अवकाश लिई भारतमै बसोवास गर्छन् । श्रीमान्सँग मुद्दा मामिला गरेर जितेपछि पेन्सनको एकतिहाई रकम मासिक ६ हजार रुपियाँ मौलीमायाले पाउँछिन् । १५ वर्षदेखि उनी घर छेउकै भीमसेनस्थान माविमा कार्यालय सहयोगीका रुपमा काम पनि गर्छिन् । उनलाई विद्यालयले पनि मासिक ६ हजार तलव दिने गरेको छ ।

Related

विविध 5352300611925308544

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item