काँग्रेसको नेतृत्वमा सरकार वन्दैन:सचिव श्रेष्ठ


ध्रुवचन्द्र खड्का ,
सिन्धुली, असोज १५ ।

प्रधानमन्त्रीका स्वकिय सचिव तथा एकिकृत नेकपा माओवादीका सिन्धुली जिल्ला संयोजक गंगानारायण श्रेष्ठले  श्रमजिवी पत्रकार ऐन आजको आवस्यक्ता रहेको वताउनुभएको छ ।  

क्रान्तिकारी पत्रकार संघ सिन्धुलीको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा वोल्दै श्रेष्ठले वर्तमान सरकारले यो आवस्यक्ता पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पत्रकारहरुको हक हितका लागि कुनै पनि सरकारले आवस्यक्ता अनुसारको चासो नदिएको वताउँदै श्रेष्ठले प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारले यसको वारेमा गम्भिर भएर सोचेको र पत्रकारहरुको हीतको लागि तदारुक्ताका साथ लागिपर्ने वताउनुभयो ।

राजनीतिक प्रसंगमा वहाँले प्रधानमन्त्री भट्टराईले राजिनामा दिँदैमा सवै कुरामा सहमति हुन्छ भन्ने कुनै ग्यारेन्टि नभएको दावी गर्दै अहिलेकै अवस्थामा नेपाली काँग्रैलाई नेतृत्व दिन नसकिने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री र राष्ट्रपति दुवै नेपाली काँगै्रसलाई दिँदा मुलुक फेरी द्धन्दतर्फ धकेलिने वताउँदै वहाँले राष्ट्रपति धेरै अग्रसर भएकामा आपत्ति समेत जनाउनुभयो । नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई संविधान दिएको तर अधिकार नदिएको वहाँको कथन छ ।

भट्टराइ नेतृत्वको सरकारले नै संघियता सहितको नयाँ संविधान निर्माण गरेर नेपाली जनतालाई दिने ठोकुवा गदै एकिकृत नेकपा माओवादी सिन्धुलीका संयोजक समेत रहेका श्रेष्ठले राजनीतिक निकासका लागि एकिकृत नेकपा माओवादी जस्तोसुकै लचकता अपनाउन समेत तयार रहेको स्पष्ट पार्नुभयो । अधिवेशनले नविन श्रेष्ठको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । 

Related

राष्ट्रिय 3711102804260543597

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item