डुङ्गा दुर्घटना हुँदा हङकङमा ३६ जनाको मृत्यु



काठमाण्डौ,असोज १६ । 

डुङ्गा दुर्घटनामा परी हङकङमा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको छ । हङकङको लाम्मा द्वीप नजिकै दुईवटा डुङ्गा एक आपसमा ठोक्किँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

हङकङको दक्षिण–पश्चिममा पर्ने लाम्मा द्वीपमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा एक सयभन्दा बढी यात्रुहरू घाइते भएका छन् । रातीको समय भएकोले उद्वारकार्यमा कठिनाई भएको उद्वारकर्ताहरुले बताएका छन् । बेपत्ताको अवस्था अहिलेसम्म नै अज्ञात् रहेकोले उनीहरु जिवीत रहने सम्भावना कम रहेको पनि बताइएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरेको छ ।

Related

प्रमूखखबरहरु 2679071609772539095

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item