रेडियोका प्राविधिक अझै बेपत्ता



ताप्लेजुङ,असोज १६ । 

गएको भदौ ३१ गते साँझ जिल्लाको फुलबारी गाविसदेखि बेपत्ता ताप्लेजुङको रेडियो तमोरका प्राविधिक मदन पौडेलको अवस्था बारे सत्यतथ्य छानबिन गर्न गठित पत्रकार महासङ्घको टोली घटनास्थल पुगेर आज सदरमुकाम फर्किएको छ । सदरमुकाममा पीडित परिवार, पत्रकार, दलका प्रतिनिधि र प्रहरी प्रशासनसित छलफल गरी टोली हिजो घटनास्थल गएको थियो । फूलबारीमा ब्राइटफ्युचर क्लबले आयोजना गरेको ताप्लेजुङ डान्स स्टारको छनोट चरणको कार्यक्रममा प्राविधिक सहयोग गर्न निस्कनुभएका तमोर एफएमका प्राविधिक मदन अहिलेसम्म बेपत्ता हुनुहुन्छ । २२ वर्षका मदनले प्रयोग गरेको पर्स र मोबाइल सेट त्यसको आठ दिनपछि तमोर नदी किनारमा भेटिएको भनिए पनि उहाँको कुनै पत्तो लाग्न सकेको छैन । 

उहाँ हराएपछि तीन दिनसम्म ठूलो पानी परे पनि भेटिएको पर्स र मोबाइल नभिजेको पाइएपछि स्थानीयको आशङ्का बढेको हो । घटनापछि घटनामा संलग्न राज सेन्दाङ र विमल सेन्दाङलाई प्रहरीले पक्राउ गरे पनि फितलो अनुसन्धान गरिरहेकाले बेपत्ता मदनका बारेमा केही तथ्य बाहिर आउन नसकेको स्थानीयको गुनासो छ । यो घटना आत्महत्या नै हुनसक्ने प्रहरीले आशंका गरिरहे पनि स्थानीय बासिन्दा त्यसमा विश्वस्त रहेका छैनन् । घटना शंकास्पद र षडयन्त्रमूलक भएको बताइरहेका स्थानीयबासी र राजनीतिक दलहरु प्रहरी प्रशासनको छानवीनप्रति सशंकित छन् । प्रहरी नायब उपरीक्षक केदार ढकालले घटनाको प्रकृति विश्लेषण गर्दा आत्महत्या हुन सक्ने अनुमान गर्न सकिने भए पनि प्रमाणका आधारमा पुष्ट्याई गर्न नसकिने बताउनुभएको छ । पत्रकार महासङ्घ छानविन समितिका संयोजक मोहनकाजी न्यौपानेले घटनापछि जिल्लाका पत्रकार डराइरहेकाले खुलेर सार्वजनिक रुपले बोल्न र लेख्न नसकिरहेको बताउनुभयो ।

Related

विविध 9107780662537733353

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item