विभिन्न राजावादी दलहरूको मोर्चा गठन
http://sindhulidarpan.blogspot.com/2012/10/news_2.html
काठमाण्डौ,असोज १६ ।
विभिन्न १३ राजावादी दलहरूले पनि मोर्चा गठन गरेका छन् । साना १३ दल मिलेर बनेको देशभक्त लोकतान्त्रिक मोर्चाको संयोजकमा मनमोहनशमशेर राणालाई चयन गरिएको छ । ठूला दलहरूले राष्ट्रियताको रक्षा गर्न नसकेकोले मोर्चाले राजासहितको राष्ट्रिय सहमतिको खोजी गर्ने जनाएको छ ।

मोर्चामा राष्ट्रिय जन एकता पार्टी, राष्ट्रिय एकता पार्टी, लोक कल्याणकारी जनता पार्टी, देशभक्त राष्ट्रवादी पार्टी, राष्ट्रिय शिवसेना पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, नेपाल राष्ट्रवादी पार्टीलगायतका दलहरू आबद्ध छन् । ठूला दलहरूले सङ्क्रमणकाल लम्ब्याएर राष्ट्रघाती काम गरेको र धर्मसंस्कृतिमा समेत आँच पु¥याएको मोर्चाको आरोप छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !