पहिरोले चारको मृत्यु, तीन बेपत्ता
http://sindhulidarpan.blogspot.com/2012/10/death_2.html
संखुवासभा,असोज १६ ।
अविरल वर्षासँगै आएको पहिरो र बाढीमा परेर संखुवासभामा चारजनाको मृत्यु भएको छ । अरू तीनजना बेपत्ता भएका छन् । धुपु–८ ज्यामिरेका चक्रबहादुर राईको घर पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पहिरोमा परि चन्द्रबहादुरका १२ वर्षकी छोरी समला राई, डेड वर्षका छोरा प्रताप राई र गर्भवती अवस्थामा रहेकी २२ वर्षकी उषा राईको मृत्यु भएको हो । पहिरोले चक्रबहादुरको ५२ वर्षकी श्रीमती दिलमाया राई र पाहुना ४५ वर्षका कृष्ण घिमिरे बेपत्ता भएको प्रहरी निरीक्षक अमतलाल माझीले बताउनुभयो । उनीहरुको खोजी कार्य भइरहेकोे छ । पहिरोमा परि घाइते भएका १६ वर्षकी कमला राई र २३ वर्षका सोमकुमार राईलाई भने स्थानीयबासीले उद्धार गरेका छन् । उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
गएराति नै सभापोखरी गाविसको २ र ४ नम्बर वडामा रहेको भोटी खोलामा आएको बाढीले २१ घर बगाएको छ । बाढीले बगाएर सभापोखरी स्वाचीका श्याम राईको शव खाँदबारी १३ स्थित सभाखोलामा फेला परेको प्रहरी निरीक्षक माझीले बताउनुभयो । माछा मार्न गएका १६ वर्षका विशेष सुब्बा पनि बाढीमा परेर बेपत्ता भएका छन् । बाढीले कृषि सेवा केन्द्र र पशुसेवा केन्द्रको कागजपत्रसमेत बगाएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख पुष्पबहादुर बुढाथोकीले बताउनुभयो ।
पीडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाल वितरण गरेको छ । उनीहरुलाई बालकुमार तामाङको नेतृत्वमा गएको रेडक्रस कार्य टोलीले १३ थान पाल वितरण गरेको हो । घटनास्थलमा नेपाली सेनाको बराहदल गुल्मका उपसेनानी प्रविण राईको नेतृत्वमा ३९ सदस्यीय टोली खटाइएको छ । त्यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक सयभन्दा बढी जवानहरु खटाइएको छ ।
खाँदबारी– १३ स्थित सभाखोलामा बाढीले दुई क्रसर मेसिन बगाएको छ भने चार वटा स्काइभेटर र ट्रक डुबाएको छ । निर्माणाधीन चैनपुर–तुम्लिङटार–खाँदबारी सडकका लागि बनाइएको क्रसरको कुनै पनि सामग्री नभएको सन्चालक रोषण रोक्काले बताउनुभयो । खोला किनारमा क्रसरका कुनै सामग्री नभएको उहाँले बताउनुभयो । स्थानीय देवेन्द्र घिमिरे र रोक्काको गरि डेड करोड बढीको सन्चालकहरुले बताएका छन । सुनसरीको धरानबाट सदरमुकाम खाँदबारी ल्याइँदै गरेको गरेको तीन ट्रक पेप्सी र ड्यू तथा तीनसय ५० बोरा चामल र ६० बोरा सिमेन्ट बगाएको छ । खोला किनारमा रहेका एक दर्जन घर, टहराहरु पनि बाढीले बगाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !