आर्मीले खुवायो २० गोल



पोष्टराज पहाडी,
सिन्धुली,असोज २३ ।

सिन्धुलीमाडीमा जारी ‘जिल्ला स्तरिय अन्तर क्लब फुटबल प्रतियोगिता’ को मंगलबार भएको पहिलो खेलमा पुरानो गोरख गण विजयी बनेको छ । समुह ‘बि’ अन्तर्गत रहेको पुरानो गोरख गणले ढुङ्ग्रेवास बजार समति ‘ए’ लाई २० गोल प्रहार गर्दै पाखा लगाएको हो । ढुङ्ग्रेवासले भने एक गोल पनि फर्काउन सकेन । पूरानो गोरखगणका लागि होम बहादुर आलेले ७, खड्ग बहादुर थापाले ५, खेम बहादुर बलम्पाकीले ५, तथा विक्रम अधिकारी, निराजन राना र हिक्मत रोक्काले १÷१ गोल गरेका थिए ।
यसैगरि मंगलबार नै भएको अर्को खेलमा नव प्रतिभा यूवा क्लब ‘ए’ मिलनचोक विजयी भएको छ । सुर्यजनमुखी जनजागृति यूवा क्लब बेल्टारलाई ५ गोल प्रहार गर्दै नव प्रतिभा विजयी बनेको हो । विजयी नव प्रतिभाको लागि खेलको ७ औ मिनेटमा नमश घिमिरेले १ गोल गरेका थिए । यसैगरि खेलको २० औँ मिनेटमा अनिल जंग थापाले १ गोल, मिलन बुढाथोकीले ४६ औँ मिनेटमा १ गोल र  ५७ मिनेटमा अर्को गोल थपेका थिए । यसै गरि खेलको ६२ औं मिनेटमा राजेश वाइवाले १ गोल गरेका थिए ।
सो खेलमा नव प्रतिभा यूवा क्लबका अनिल जंग थापा र राजेश वाइवाले पहेलो कार्ड पाएका थिए ।
बुधबारको खेलमा समूह ‘बि’ का दुई टिमहरु ब्लु वेभ यूवा क्लब र ढुङ्ग्रेवास बजार समिति ‘बि’ बिच प्रतिस्पर्धा हुने छ । मंगलबारको विजेता पूरानो गोरख गणले समूह ‘बि’ अन्तर्गत ब्लु वेभ यूवा क्लब र ढुङ्ग्रेवास बजार समिति ‘बि’ मध्येको विजयी टिम सँग २९ गते  र नव प्रतिभा यूवा क्लबले २८ गते समूह ‘ए’ अन्तर्गत यस अघिको विजेता ब्ल्यु अल्पाइन क्लब ‘बि’ सँग प्रतिष्पर्धा गर्ने छ ।
नक आउट प्रणालीमा भएको खेलमा मंगलबार सम्म स्टार युनिटी यूवा क्लब ‘बि’, सुर्यमुखी जनजागृति यूवा क्लब बेल्टार र ढुङ्ग्रेवास बजार समिति ‘ए’ गरी ३ वटा टिमहरु खेलबाट बाहिरी सकेका छन् ।

Related

प्रमूखखबरहरु 9121264193796655897

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item