दोलखाको रेडियो कालिञ्जोकले झ्याँकु गाविसमा कार्यक्रम गर्ने




शेरबहादुर भुजेल, 
दोलखा,कात्तिक २१ । 

दोलखाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएमले आफ्नो बार्षिकोत्सवको अवसरमा जिल्लाको उत्तरी गाविस झ्याँकुमा कार्यक्रम गर्ने भएको छ । हरेक वर्षको कातिक २१ गते मनाइदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष एफएमले झ्याँकु गाविसमा निःशुल्क स्वाथ्य शिविरको आयोजना गरी मनाउँन लागेको हो ।

 रेडियोले पाँचौ वर्ष पूरा गरी छैठौ वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रकाशन गरीएको स्मारिकाको पनि झ्याँकु गाविसमा सार्वजनिक गरिने र स्वास्थ्य शिविरमा स्थानीय नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिने एफएमका स्टेसन म्यानेजर जीवन लामाले जानकारी दिनु भयो । एफएमले गाउँ विकास समितिको कार्यालय झ्याँकु र दोलखा सामुदायिक अस्पताल सँगको सहकार्यमा बार्षिक उत्सवको अवसरमा स्वास्थ्य परीक्षण गर्न लागेको हो ।


Related

विविध 8029614503219580907

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item