अनिश्चितकालिन धनुषा बन्द स्थगित




जनकपुर,कात्तिक २१ । 

जिल्ला विकास समिति धनुषामा रकम अनियमितता गरेको अभियोगमा अख्तियारद्धारा निलम्बनमा परेका कर्मचारीहरु गैरकानूनी रुपले  हाजिर भएको भन्दै आन्दोलित मधेस क्रान्ति फोरमले घोषणा गरेको बन्दको कार्यक्रम स्थगित भएको छ । 

जिविसका कर्मचारीहरु अख्तियारको अनुसन्धानलाई प्रभाव पार्न गैरकानूनी रुपमा हाजिर भएको आरोप लगाउंदै मधेस क्रान्ति फोरमले आज देखि अनिश्चितकालिन धनुषा बन्दको आह्वान गरेको थियो । मधेस क्रान्ति फोरम पार्टीले हिन्दुहरुको महान पर्व दीपावली र छठ पर्वलाई ध्यानमा राख्दै अनिश्चितकालिन बन्द फिर्ता लिएको पार्टीका धनुषा सहसंयोजक जगदीश महासेठले जानकारी दिनुभयो । मधेस क्रान्ति फोरमद्धारा गरिने भनेको अनिश्चितकालिन बन्द  छठ पश्चात जारी रहने समेत महासेठले बताउनुभयो ।

Related

राष्ट्रिय 5783411302215713719

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item