पुर्ब राजा ज्ञानेन्द्र नवलपरासी भ्रमणमा
http://sindhulidarpan.blogspot.com/2012/11/gyanendra-sha.html
नवलपरासी,कात्तिक २१ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आज नपलपरासीको भ्रमण गर्नुहुने भएको छ । गोपालपुरमा शिवगोरक्ष कालिका महायज्ञमा शिवको मुर्ति स्थापनाका लागि सहभागि हुन आज विहान ११ वजे पूर्व राजा शाह नवलपरासी आउने कार्यक्रम छ । शाहले आज नवलपरासीको गोपालपुरमा रहेको मन्दिरको उद्घाटन गरेपछि सम्वोधन समेत गर्नुहुनेछ ।

पूर्वराजा ज्ञानेन्द्को प्रचारप्रसारमा जुटेको विश्व हिन्दू महासंघले राजाको नामको अगाडि, पछाडि श्री ५ महाराजधिराज सरकार लेखेर प्रचारप्रंसार गरेपछि नवलपरासीका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । नवलपरासीमा रहेका दलहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर भत्र्सना गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !