मौरीपालनमा कास्कीका युवा किसान नेपालकै उत्कृष्ट




पोखरा,कात्तिक २१ । 

कास्की भरतपोखरी २ लामगादीका युवा किसान शिवराज भण्डारी सेरना मौरी पालनमा नेपालकै उत्कृष्ट किसानको रुपमा सम्मानित हुनु भएको छ । कृषि विकास मन्त्रालयले आयोजना गरेको ३२ औं खाद्य दिवसको अबसरमा भण्डारीलाई नगद र प्रमाण पत्रसहित प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सम्मान गनुृ भएको हो ।

 ३३ बर्षिय युवा मौरीपालक किसान एवम् प्रशिक्षक भण्डारीले गत बर्ष २ सय ८० वटा मौरीको गोला तयार गर्नु भएको थियो । मौरीको गोलाबाट पनि मनग्य आम्दानी गर्दै आउनु भएका भण्डारी २०५५ साल देखि मौरीपालन क्षेत्रमा लाग्नु भएको हो । स्नातकोत्तरसम्मको अध्यन पूरा गर्नु भएका भण्डारीले युवा बर्गलाई मौरीपालन तर्फ आकर्षित गर्न नयाँ प्रविधिको मौरीपालन पुस्तक पनि प्रकाशन गर्नु भएको छ ।

Related

प्रमूखखबरहरु 7491854912909438517

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item