प्रहरी चौकी स्थानान्तरण रोक्न सिडिओ र एसपीसहितलाई मुद्दा
http://sindhulidarpan.blogspot.com/2012/11/police_6.html
मकवानपुर,कात्तिक २१ ।
भार्ता गाविसका जनतालाई शान्ति सुरक्षाका लागि २०१८ सालमा स्थापना गरिएको प्रहरी चौकी सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयबासिन्दाले कानूनी बाटो रोजेका छन् । भार्ता प्रहरी चौकीलाई कालिकाटार गाविसमा सारी नयाँ भवन बनाउन लागेको थाहा पाएपछि उनीहरुले पुनरावेदन अदालत हेटौँडामा प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई बिपक्षी बनाई मुद्दा दायर गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी उपरिक्षक, इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी निरीक्षक, भार्ता प्रहरी चौकी र प्रहरी सहायक निरीक्षक गरी ८ जनालाई मुद्दामा बिपक्षी बनाइएको छ भार्ताका राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महेश चेपाङ, पूर्णसिंह रुम्बा, पूर्णसिंह मुक्तान र चन्द्रवहादुर रुम्बाले मुद्दा दायर गरेका हुन् । उनीहरुले २०१८ सालमै शान्ति सुरक्षाको अबस्थालाई मनन् गरी सरकारले भार्तामा प्रहरी चौकी स्थापना गरेको स्मरण गराउँदै केही टाठाबाठाहरुले कालिकाटार गाविस ६ मा चौकी सारेको र अहिले पुनः त्यसैलाई स्थायी स्वरुप दिन खोजिएको बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !