दोलखाका कार्यालयमा छड्के जाँच, ४९ कर्मचारी अनुपस्थित




दोलखा,कात्तिक २१ । 

जिल्ला प्रशासन कार्यलय दोलखाले जिल्लाको विभिन्न २८ वटा कार्यलयमा गरेको छडके जाँचमा १२ जना कार्यलय प्रमुख  र ३७ जना सहायक कर्मचारी अनुपस्थित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको नेतृत्वमा भएको छडके जाँचमा जिल्ला वन कार्यलय, प्रावधिक कार्यलय, नेपाल विद्युत प्राधिकरण, प्राथमिक स्वास्थ्य केन्द्र, भिमेश्वर नगरपालिका, खानेपानी तथा सरसफाई कार्यलय, डिभिजन सडक कार्यलय, सिचाई कार्यलयमा कार्यलय प्रमुख अनुपस्थित रहेको पाइएको हो ।

 त्यस्तै नापी कार्यलय, सरकारी बकिल कार्यलय,कृषि विकास कार्यलय, मालपोत कार्यलय, जिल्ला विकास समिती गरी ३७ जना सहायक कर्मचारीहरु अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यलय दोलखाले जनाएको छ । अनुगमनको क्रममा तोकिएको पोशाक नलागाएको, हाजिर रजिष्टरमा स्थायी ठेगाना तथा सम्पर्क ठेगाना  पनि उल्लेख नगरिएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दशै सकिएको हप्तौँ वितिसक्दा पनि कार्यलय प्रमुखहरु अनुपस्थित हुदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

Related

विविध 6614198316314527300

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item