निशुल्क वितरण गरिएको सर्वोत्तम पिठोमा किरा भेटियो
http://sindhulidarpan.blogspot.com/2012/11/food.html
राजेश भुजेल, दोलखा,कात्तिक २१ ।
दोलखाको सुष्पाक्षमावति गाविसमा निशुल्क वितरण गरिएको सर्वोत्तम पिठोमा घुन जस्तो देखिने रातो किरा भेटिएको स्थानियबासीले बताएका छन् । नेपाल सरकारले २ वर्ष सम्मका बालबालिकालाई उप स्वास्थ्य चौकी मार्फत निशुल्क वितरण गरेको सर्वोत्तम पिठोमा स्थानिय गौरी थामीले बच्चालाई लिटो पकाउने बेलामा किरा भेटिएको बताउनुभयो । त्यसैगरि अधिकांस पोेकाको पिठो तितो रहेको स्थानियबासीहरुले बताएका छन् । पिठो तितो र पिठोमा किरा भेटिएको बारे जिज्ञासा राख्दा उप स्वास्थ्य चौकी सुष्पाक्षमावतिका प्रमुख भिमबहादुर श्रेष्ठले धेरै समय स्टक भएर आइपुग्दा सडेको हुन सक्ने बताउनुभयो । सर्वाेत्तम पिठोको पोकामा भने सन् २०१३ सम्मको मिति लेखिएको बाबुकृष्ण थपलियाले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !