अमेरिकामा आज राष्ट्रपति पदको चुनाव हुँदै
http://sindhulidarpan.blogspot.com/2012/11/american-president-election.html
काठमाण्डौ,कात्तिक २१ ।
अमेरिकामा आज राष्ट्रपतिको पदका लागि चुनाव हुँदै छ । महाशक्ति राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति बाराक ओबामा र मिट रोम्नीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेट उम्मेद्वार ओबामा र रिपब्लिकन उम्मेद्वार रोम्नी दुवैले जितको दाबी गर्नुभएको छ । जसको जित भएपनि झिनो मतको अन्तर हुने सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति पदमा जितका लागि पाँच सय ३८ इलेक्टोरलमध्ये दुई सय ७० मत आवश्यक पर्छ ।
वासिङ्टन पोस्ट र एबीसी न्यूजले गरेको सर्वेक्षणमा दुवै उम्मेद्वारले ४८.४७ प्रतिशतको हाराहारीमा मत प्राप्त गर्ने देखिएको छ । तर डेमोक्रेटहरू वर्तमान राष्ट्रपति ओबामाले दुई सय ७७ मत प्राप्त गरी विजयी हुने दाबी गरिरहेका छन् । अमेरिकाको नयाँ राष्ट्रपतिले सन् २०१३ देखि आफ्नो जिम्मेवारी सल्हाल्ने छन् । ह्वाइट हाउसका दाबी गर्ने दुबै उम्मेदवारको अवस्था समान देखिएको छ । यस निर्वाचनमार्फत विजय हासिल गर्नुभएमा राष्ट्रपति ओबामा दोस्रो विश्वयुद्धपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट दोस्रो कार्यकाल पाउनुहुने दोस्रो राष्ट्रपति बन्नुहुनेछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !