बालिघरे अन्त्य गर्ने अभियानको विरोध




बाँके,कात्तिक २१ । 

गैरसरकारी सस्थाको बालिघरे अभियानले आफ्नो पुख्र्यौली पेशा र रोजीरोटीको स्रोत समेत गुमेको भन्दै बाँके र बर्दियाका बालिघरे दलितहरुले विरोध जनाएका छन् । बालिघरे दलित अभियान चलाउने गैरसरकारी सङ्घसंस्थाहरुले बालिघरे पेशा आधुनिकरण र व्यावसायिक बनाउनुभन्दा आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ लागेको हुँदा रोजीरोटी गुमेको भन्दै दलितहरु असन्तुष्ट भएका हुन् । पाँच बर्ष अघि १ सय ५० बढि विष्टहरु कमाउदै आरन पेशाबाट घरका ९ जनाको परिवार पाल्दै आउनु भएका बर्दिया बेलवा ३ का मंगता विक बालिघरेको ज्याला, हक अधिकार र काम अनुसारको ज्याला निर्धारण वकालत गर्दा आफ्नै पेशा नै संकटमा परेको बताउनुहुन्छ । बेलवा गाविस स्तरीय बालिघरे सञ्जालको अध्यक्ष रहनुभएका विक सङ्संस्थाहरुले बालिघरेलाई नामका लागि भजाउने गरेका कारण दलितहरुको पेशा शङ्कटमा परेको गुनासो गर्नुहुन्छ । त्यस्तै बाँकेको नौवस्ता गाविस स्तरीय बालिघरे सञ्जालको उपाध्यक्ष रहेकी लोगी परियारले बालिघरे दलितहरु बिभिन्न सङ्घ संस्थाका कारण चेतना आए पनि निरन्तरता नदिदा दलितहरु समस्यामा परेको गुनासो गर्नुभयो ।

Related

विविध 57646683035244504

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item