अव समलिंगीहरु सँगै बस्न पाउँने


काठमाडौं,  कात्तिक २०। 
सर्वोच्च अदालतले समलिंगी महिला रजनी शाहीका सम्बन्धमा परेको रिटमा उमेर पुगेका व्यक्ति आफूखुशी बस्न पाउने फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र गिरिशचन्द्र लालको संयुक्त इजलासले समलिङ्गी भन्दैमा कसैलाई पनि बन्दी सरह राखन नपाईने आदेश सुनाएका हुन् । सर्वोच्चको सो फैसाला पछि समलिङद्वय शाही र उनकी साथ प्रेमकुमारी नेपालीलाई सँगै बस्न बाटो खुलेको छ ।

तेस्रो लिंगी शाहीले श्रीमानसँग सम्बन्धविच्छेद गरेर बस्न अदालतमा मद्दा समेत दिएकी छन् । यद्यपि परिवारको दवावमा शाहीलाई उपचार गर्ने भन्दै माईती नेपालमा राखिएको थियो । शाहीकी एक छोरी समेत छिन् । शाहीकी समलिंगी साथी नेपालीले आफ्नो पार्टनरलाई माइती नेपालले कसैसँग भेटघाट गर्न समेत नदिई बन्दीजस्तै व्यवहार गरेर राखेको भन्दै शाहीका तर्फबाट गत मंगलबार अदालतमा रिट दर्ता गरेकी थिइन ।

Related

राष्ट्रिय 1691986653697881853

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item