आज राष्ट्रिय भूकम्प दिवस मनाइदै


काठमाण्डौ,माघ २ ।
आज १५ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतना मुलुक कार्यक्तम गरि देशभर मनाइदैछ ।  ‘नबोली, नसोधी आउँदैन भूकम्पीय विपद, जागौं, जुटौ बचाउन सृष्टिको सम्पदा’ भन्ने नारा सहित विभिन्न कार्यक्रम गर्न लागेको सरोकारवाला संघसस्थाले जनाएका छन् । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक बर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ ।

भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११औ स्थानमा पर्दछ । राजधानी काठमाडौ भूकम्पपछिको क्षतिका हिसावले पहिलो स्थानमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोद मणि दिक्षितले जानकारी दिनुभयो । 

 ९० सालकोजत्रो भूकम्प गएमा काठमाण्डुमा एक लाख व्यक्तिको मृत्यु, झण्डै तीन लाख घाइते हुने र ६० प्रतिशतभन्दा बढि घर कामै नलाग्ने गरी भत्कने विज्ञहरुले बताएका छन् । आज  दिउँसो २ बजेर २४ मिनेटमा देशभर भूकम्पीय पूर्वाभ्यास गरिने भूकम्प प्रविधि समाजले जनाएको छ । 

Related

विविध 4057783935685559578

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item