दोषीलाई कारबाही गर्ने सम्झौतामा यातायात सुचारु

http://sindhulidarpan.blogspot.com/2013/01/bus-accident.html
सर्लाही,माघ २ ।
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको विरोधमा हिजो विहान ११ बजेदेखि अवरुद्ध रहेको सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड गएराति ९ बजे देखि सुचारु भएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा दोषी चालकलाई कारबाही गर्ने सम्झौता भएपछि यातायात सुचारु भएको हो । कविलासि ९ गैरका राजेश महतो कोईरी ज ४ प ६३७० नम्बरको मोटरसाईकलमा नवलपुर तर्फ जादैं गरेको अवस्थामा सीजी १३ डी ८२०७ नम्बरको ट्रिपरले ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्युको बिरोधमा मलंगवा नवलपुर सडक खण्डको गैर, हरिपुर तथा नेत्रगंजमा मृतकका परिवार तथा स्थानियबासीले यातायात संचालनमा रोक लगाएका थिए । ठक्कर दिने ट्रिपर इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ, भने चालक फरार रहेका छन् । ट्रिपर नवलपुर–मलङ्गवा सडक खण्डको कालोपत्रे गर्ने ठेक्का लिएको भारतीय कम्पनी भिश्वा ईन्फास्ट्रक्चर रहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !