विपक्षी दलहरु सरकार विरुद्ध आन्दोलनको घोषणा गर्दै


काठमाण्डौ,माघ २ ।
वार्ताको माध्यमबाट सहमतिको सम्भावना सकिएको निस्कर्षसहित विपक्षी दलहरुले आज आन्दोलनको घोषण गर्ने भएका छन् । आज सयुक्त बैठक गरी कार्यदलले तयार पारेका आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलनमार्फत घोषणा गर्ने तयारी भएको छ । 

कार्यदलले आन्दोलनका कार्यक्रमलाई आज बिहान अन्तिम रुप दिनेछ । यसअघि घोषणा गर्न तय गरिएका आन्दोलनका कार्यक्रमलाई केही संसोधन गरेर सार्वजनिक गरिने कार्यदलका सदस्य एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । 
 
पन्तका अनुसार तीन चरणका कार्यक्रम गर्नेगरी आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरिएको छ । पहिलो चरणमा, धर्ना, सभा दवाव जस्ता प्रचारका कार्यक्रम गरिनेछन् भने दोस्रो र तेस्रोमा त्यसलाई थप शसक्त बनाइने छ । 

दिउँसो २ बजेपछि एमाले पार्टी कार्यालय बल्खुमा विपक्षी दलले बैठक गरेर आनदोलनका कार्यक्रम सार्वजनिक गर्ने विपक्षी दलको तयारी छ ।

Related

राष्ट्रिय 278516722860461577

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item