सर्लाहीको पत्थरकोटमा भएको आगलागीमा तीन लाख रुपैयाँ भन्दा बढीको क्षति

http://sindhulidarpan.blogspot.com/2013/01/fire_9323.html
सुरेश बिडारी,
सर्लाही,माघ ३ ।
सर्लाहीको पत्थरकोटमा भएको आगलागीमा परी तीन लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । पत्थरकोट–५ पौडेल टोलमा रहेको बुद्धिमान वाईवाको घरमा आगलागी हुँदा ३ लाख मुल्य बराबरको क्षति भएको हो । आगलागीमा परी घरमा रहेको तीन वटा बाख्रा पनि जलेको स्थानीय हिरा थिङले जानकारी दिनुभयो ।

हिजो साँझ भएको आगलागीमा दुई तले काठको घर, घरमा रहेको २० क्विन्टल अन्न, लत्ता कपडा, नगद २० हजार, साईकल, लालपुर्जा नागरिकतालगायतका सबै कागज पत्र जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । जाडोमा ताप्न घरको छेउमै बालिएको आगो पालीमा रहेको खरको छानोमा सल्किएर घरै सखाप भएको थियो । आगलागीबाट सम्पूर्ण घर जलेर नष्ट भएपछि वाईवा परिवार आफन्तको घरमा बसीरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !