महोत्तरीको माइस्थानमा आगलागी, दुई लाखको क्षति

http://sindhulidarpan.blogspot.com/2013/01/fire_16.html
महोत्तरी,माघ ३ ।
महोत्तरीको माइस्थान ८ टुटेश्वरमा गएराति एक किसानको घर गोठमा आगलागि हुँदा दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । स्थानिय राजेन्द्र साह कानुको गाई गोठमा बस्तुभाउलाई जाडोबाट जोगाउन बालिएको आगो गोठसँगै घरमा समेत सल्किंदा दुई लाख रुपैयाँ भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
आगलागीबाट घरमा रहेका सम्पूर्ण खाद्यान्न, लत्ता कपडा, भाँडाकुडासँगै नगद र गरगहना समेत जलेको छ भने गोठमा बाँधिएको एउटा बाच्छि पनि मरको छ । प्रहरी र स्थानिय बासीको सहयोगमा आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो । घरसँगै सम्पूर्ण सरसमान आगोेमा जलेपछि पीडित परिवारको बिचल्ली भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !