भारतद्वारा इगंल्याण्ड १ सय २७ रनले पराजित

http://sindhulidarpan.blogspot.com/2013/01/sports_16.html
काठमाण्डौ,माघ ३ ।
गएराति भारत इगंल्याण्डबीचको दोस्रो एक दिवसिय क्रिकेट खेलमा भारतले इगंल्याण्डलाई १ सय २७ रनले पराजित गरेको छ । भारतको कोच्चिको नेहरु अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जिती व्याटिङ्ग गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ८५ रन बनाएका थिए । भारतका लागि महेन्द्र सिंह धोनीले ७२ तथा रविन्द्र जडेजाले ६१ रन बनाएका थिए ।
जवाफमा व्याटिङ्ग गर्नका आएका इगंल्याण्डले ३६ ओभरमै अल आउट भए पछि भारत भारत रन अन्तरले खेल जित्नमा सफल भएको हो । इगंल्याण्डका लागि केभिन पिटरसनले सर्वाधिक ४१ रन बनाएका थिए । भने भारतका लागि भुवनेश्वर कुमार तथा रविचन्द्रन अश्विनले समान ३–३ विकेट लिएका थिए । भने रविन्द्र जडेजाले २ विकेट हात पारेका थिए । खेलको म्यान अफ द म्याच जडेजालाई प्रदान गरिएको थियो । यो जितसँगै ५ खेलको सिरिजमा दुवै टिम १–१ को बराबरी गरेको छ । अव तेस्रो खेल माघ ६ गते राचिंमा हुने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !