काभ्रेका कुनै पनि गाविसले पहिलो चौमासिक बापतको रकम निकासा लिन सकेनन्

http://sindhulidarpan.blogspot.com/2013/01/money.html
प्रकाश सुन्दास,
काभ्रे,माघ ३ ।
दोस्रो चौमासिकको दुई महिना वित्तिसक्दापनि काभ्रेका कुनै पनि गाविसलेआर्थिक २०६९/०७० पहिलो चौमासिक बापतको रकम निकासा नलिएको पाइएको छ । जिविसको योजना शाखामा जिल्लाको सरमथली गाविसले मात्रै गाविसमा जाने अनुदानको पहिलो चौमासिक रकम निकासाका लागि निवेदन दिएको छ । रकम निकासाका लागि गाउँ परिषद् हुनुपर्ने र परिषद्को निर्णय जिविसको योजना शाखामा पेश गर्नुपर्ने कानुनी प्रावधान छ । जिल्लामा अहिले सम्म कतिवटा गाविसले गाउँ परिषद् सकाए भन्ने यकिन तथ्याङको आइ नसकेको जिविसका सुचना अधिकृत ऋषिकान्त घिमिरेले बताउनुभयो ।

जिविसको निर्देशिकाले आर्थिक वर्ष सुरु भएको महिनादेखि पुस मसान्तभित्र गाउँ परिषद् सम्पन्न गराई माघ महिनादेखि इलाका स्तरीय योजना तर्जुमा गोष्ठी गर्नुपर्ने र फागुन मसान्तभित्र जिल्ला परिषद् गराउनु पर्ने ब्यवस्था गरेको छ । त्यस्तै स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले आवश्यकता हेरेर एक आर्थिक वर्षभित्र दुई पटकसम्म गाउँ परिषद् गर्न सकिने व्यवस्था गरेको छ । पुस समान्तसम्म गाउँ परिषद् नसकिए न्यूतम सर्त र कार्यसम्पादन ९ःऋएः० मूल्याङनमा अनुतिर्ण हुने र गाविसमा जाने अनुदान बापतको रकम घट्ने जिविसले जनाएपनि गाविसमा जाने अनुदान कटौती भएका कारण गाउँ परिषद् गर्न समस्या भएको गाविस सचिवहरुले बताएका छन् । जिल्लामा ८७ वटा गाविसहरु हरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !