सहमतिको सम्भावना झन कमजोर बन्दै

http://sindhulidarpan.blogspot.com/2013/01/politics.html
काठमाण्डौ,माघ ३ ।
राष्ट्रपतिले समयसीमा नतोकी सहमतिको सरकार गठन गर्न आह्वान गरेपछि दलहरुबीच सहमतिको सम्भावना झन टाढा धकेलीएको छ । विपक्षी दलहरुले सरकार विरुद्ध आन्दोलनको घोषणा थरेपछि सत्तासिन दलहरुपनि बलियो बन्ने रणनीतिमा लागेका छन् । दलका नेताहरुले नै सहमतिको सम्भावना नरहेको बताउन थालेका छन् । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विपक्षी दलहरुका कारण सहमतिको सम्भावना सकिएको बताउनुभयो । सोपकोटाले अब विपक्षीदल आन्दोलनमा गए सरकारले पनि आफ्नो रणनीति अपनाउने बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !