आधुनिक समाजको विवाह



– अनुपम रोशी –

आफूबाट बाहिरीए पनि उसका हरेक आधारभूत आवश्यकता पूरा गर्नुपर्ने हुन्छ अभिभावकले । मेरो पेटमा भू्रणको जन्म भइसकेको छ । म यसलाई यसै मारिदिन त सक्दिनँ नि । किन म यही कुरालाई प्रयोग नगरुँ ? पुरुषको आश्रय विना पनि महिलाहरुको यात्रा नरोकियोस् भनने मेरो चाहना हो । लोग्ने नभएकाहरुले मलाई हेरेर जिन्दगी जिउन केही साहस जुटाउने छन् भन्ने मेरो विश्वास हो । त्यसो भए अबका केटीहरु पनि बिहे गर्नु भएन त सरगम ? सबैले तिमी जस्तै बिहे नगरी कुमारी आमा बन्नुप¥यो । आमा बन्नको लागि त सहवासको मुख्य भूमिका हुन्छ । मोक्षसँगको संसर्गले न तिमी गर्भवती भएकी छौ । फेरि पुरुषविनाको सृष्टि तिमी कसरी कल्पना गछ्र्यौ ? तिम्रो बुझाई पुगने सजल, मैले पुरुषहरुको सहभागिताविना भन्नुको मतलब उनीहरुसँग टाढा भाग्नु भनेको होइन । नचाहेर पनि कैयन् याता सहेर सन्तानका लागि होस् या त आश्रयको लागि, सँगै बस्नुपर्ने जुन बाध्यात्मक परम्परा तय भएको छ हाम्रो समाजमा, त्यसले महिलाहरुको मनोबललाई निकै कमजोर बनाइएको छ ।

एउटाको साथ नलाई छोरी मान्छेलई सुखै हुँदैन भन्ने कुरा बोकेको हाम्रो समाजिक मानसिकता सिधै दोस्रो दर्जामा समावेश भएर आएको देखिन्छ । आधुनिक समाजका मान्छे विहे गरेपछि पति र पत्नीव्रता भएर बाहिर सम्बन्ध राख्दैनन् भन्ने सोचेकी छौ भने ते तिम्रो भ्रम हो ।

साँच्चिकै हेर्ने हो भने अहिलेका हरेक विवाहति पुरुष र महिलाहरुले बनाउन खोजेको आधुनिक सम्बन्ध निकै डरलाग्दो छ । घरमा स्वास्नी छ छोराछोरी छन् , लेग्ने छ, छोराछोरी छन्, समाजमा ऊ राम्रो लेखक हो, पत्रकार हो नेता हो, जागिरे वा पेशाकर्म हो तर, ऊ दाडिरहन्छ अर्काकी स्वास्नीपछाडि अर्काको लोग्नेको पछाडि । मान्छेको स्वार्थी चाहना कहीँ पनि स्थ्तिर र तृप्त भएर बस्न नसकेको देखिइरहेको छ । यो प्रवृत्तिको विकास शिक्षित र बौद्धिक जमातमा नै बढ्दै गएकोले समाज झन् विकृत हुँदै छ । लोग्नेमान्छेले त झन् आवश्यता प¥यो भने जहाँ जसरी पन िसम्बन्ध राखेका हुन्छन् । किनकी उनीहरुलाई पेट बोक्ने डर हुँदैन यो समाजले के भन्ला भन्ने संकोच पनि हुँदैन, हुन्छ त केवल पुरुष हुनुको घमण्ड । यसतो परिवेशमा हामीलाई विहे गरेर पतिवर्तन नै हुनुपर्ने किन ? -दिशानिर्देश राष्ट्रिय साप्ताहिक

Related

विचाररसाहित्य 7816292515430629038

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item