दुई महिलाको हत्या

http://sindhulidarpan.blogspot.com/2013/01/murder_16.html
भैरहवा,माघ ३ ।
रुपन्देहीको हर्नैया गाविस वडानं २ कुरमारामा दुई महिलाको हत्या भएको छ । स्थानिय ३५ वर्षीया बसन्ती चौधरी र ३५ वर्षकी आरती लोधको घाटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको शव खेतमा हत्या गरि फालिएको अवस्थामा फेला पारेको जनाएको छ ।
महिलाको शब ५० मिटरको दुरीमा रहेका प्रहरीले जनाएको छ । उनीहरुको शवको प्रकृती हेर्दा बलात्कारपछि घांटी रेटी हत्या गरीएको हुन सक्ने प्रहरीले बताएको छ ।उनिहरुको शव पोष्ट मार्टमका लागि भैरहवाको भिम अस्पतालमा राखिएको छ । घटनामा संम्लग्न भएको आसंकामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुषन्धान गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख हरीबहादुर पालले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !