अनाथ बालबालिकाको नाममा धन्दा गर्नेबाट डोनर नै असुरक्षित

काठमाण्डौ,माघ ३ ।
टुहुरा बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह्याप्पि होम इन्टरनेशनल स्कुलका सञ्चालकहरुले विदेशी डोनरलाई धम्क्याउन थालेपछि स्लोभाकियाका तीन नागरिकसहित स्कुलका शिक्षक असुरक्षित बनेका छन् । स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पुजा पोख्रेलले स्कुलका नाममा खेलेको एक वेभसाइटमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकोले आफूहरुले उद्दार गरेर संरक्षण गरेकोसहितको कथा हेरेर एक बालबालिका बराबर मासिक ६० यूरो डलर स्लोभाकियाका जुजना, मार्टिन र ईभाले सहयोग गर्दै आएका थिए । तर आफूले संरक्षण गरेका बालबालिकालाई हेर्न नेपाल आएका उनीहरुले यहाँ भने फरक पाएपछि त्यस विषयमा असन्तुष्टि जनाएपछि विद्यालयको वास्तविकता जानकारी गराउने एक शिक्षक किशोर कुवँर र दाताहरु विद्यालय संचालकबाट असुरक्षित बनेको बताउँछन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी विद्यालयमा आश्रय लिइरहेका बालबालिका, डोनर र शिक्षकहरुले अनाथको नाममा बाबुआमा भएका बालबालिकालाई ललाई फकाई राखेर मोटो रकम असुलेको र अहिले आए अपरहण गर्ने र वेपत्ता बनाउनेसम्मको धम्की दिएको गुनासो गरे । सहयोगी  स्लोभाकियाका नागरिकहरुले आफूहरुको सहयोगको दुरुपयोग भएको भन्दै स्कुलमा बाबुआमा हुँदा हुँदै पनि राखेका ६५ जनालाई अविभावककै जिम्मा लगाउने र बाँकी टुहुरा ५ जनालाई विश्वासिलो बालगृहको जिम्मा लगाउने तयारी गर्दा आफूहरुलाई अपहरणको धम्की दिएको बताए । सञ्चालकको दादागिरी विरुद्ध उनीहरुले जिल्ला प्रहरी कार्यालय ललितपुर, पर्यटक प्रहरी भृकुटी मण्डप र केन्द्रीय बालकल्याण समितिमा उजुरी गरे पनि उनीहरुले सञ्चालकहरुलाई नै संरक्षण गरिरहेको दाबी पनि उनीहरुको छ ।

Related

विविध 918580430994405401

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item