रेडियो सिन्धुलीगढी छैठौँ वर्षमा प्रवेश गर्दै


सिन्धुली, पुस २३ ।
सिन्धुली जिल्लाको पहिलो सामुदायिक रेडियो सिन्धुलीगढी भोलिदेखि छैठौँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो पाँचौ बार्षिक उत्सवमा रेडियोले विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ । बार्षिकोत्सवका अवसरमा रेडियोले सिन्धुली जिल्ला अस्पताल तथा सिन्धुली जनरल अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गर्ने र कनपा ४ मधुटारमा रहेको शैलशिखर अनाथालयका वालवालिकालाई स्टेसनरी सामान वितरण गर्ने कार्यक्रम रहेको छ ।

हाल रेडियोले स्थानीय नेपाली र तामाङको गरी ७ वटा समाचार बुलेटिन प्रसारण गरेको छ भने तामाङ्गभाषाको अन्य कार्यक्रम समिति २ दर्जन भन्द वढी कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ । साथै रेडियोले सामाजिक सरोकारका विषयमा केन्द्रीत कार्यक्रमहरु पनि प्रशारण गर्दै आएको । २०६४ साल पुस ९ गतेबाट आफ्नो परीक्षण प्रसारण सुरु गरेको रेडियोले पुस २४ गतेबाट भने नियमित प्रसारण सुरु गरेको दिनमा वार्षिक उत्सव मनाउदै आएको ।

Related

स्थानिय 8767891280551469530

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item