सिन्धुलीका द्धन्द्ध पिडितले राहत पाएनन


मिनकुमार दाहाल, 
सिन्धुली,पुस २८ ।
द्धन्द्ध पिडीत व्यक्तीहरुलाई राहत दिन स्थानिय शान्ति समितीले शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई सिफारिस गरेको दुई वर्ष वितीसक्दा पनि राहत नपाएको गुनासो पिडीतहरुले गर्न थालेको छन् । स्थानिय शान्ति समितीले शसस्त्र द्धन्द्धका वेला विस्थापित भएका १३७ जना,सम्पतीमा क्षेती पुगेका ११४ जना, घाईते अपाङ्ग ६८ सर्वसाधारण तथा माओवादी लडाकु १५ जनाले राहत पाएका छैनन् ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले स्थानिय शान्ति समितीले सिफारिस गरेका २२८ मृतक तथा १२ जना वेपत्तालार्इृ मात्र राहत दिन रकम निकास दिएको शान्ति समितीका सदस्य सचिव गणेश रत्नले वताए । ०५८ सालमा द्धन्द्धका वेला अगलागी भएको मिलको राहत हाल सम्म नपाएको भिमस्थान गाँउ विकास समितीका प्रह्लाद पोखरेलले वताउनुभयो । पोखरेलको मिल माओवादीका कार्यकर्ताले २०५८ सालमा आगोलगाई नष्ट गरि दिएका थिए । द्धन्द्ध पिडीतलाई राज्यले राहत दिने भने पनि हाल सम्म आफुले राहत नपाएको पोखरेलले गुनासो गर्नुभयो । शसस्त्र द्धन्द्धको वेला चपेटामा परेको व्यक्तीहरुको पहिचाहन गरि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा राहतको लागी  सिफारिस गर्ने काम स्थानिय शान्ति समितीले गर्ने गरेको छ ।
स्थानिय शान्ति समितीकी सदस्य मिना डिमडोङ्ग स्थानिय शान्ति समितीले सिफारिस नगरेका मान्छेहरुको नाममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रकम निकासा दिने गरेको गुनासो गर्नुभयो । द्धन्द्धका वेला घाईतेनै नभएका मान्छेहरुको नाम पुर्ण अपाङ्गको लिष्टमा जिल्ला प्रशासनमा आई रहेको छ । राहतका लागी वास्तविक घाईते तथा अपाङ्गको नाम मन्त्रालयले जिल्ला प्रशासन नपठाएको गुनासो शान्ति समीतीकी सदस्य डिमडोङ्गले गर्नुभयो । मिना शसस्त्र द्धन्द्धको वेला राज्यका तर्फवाट घाईते भएकी माओवादी लडाकु हुन । स्थानिय शान्ति समितीले मिनालाई राहत दिन शान्ति तथा पुन निर्माण मन्त्रालयमा सिफारिस गरेको थियो । उनको नाममा मन्त्रालयले अझै राहत निकासा गरेको छैन् ।
स्थानिय शान्ति समितीका सदस्य सचिव गणेश रत्न शान्ति तथा पुन निर्माण मन्त्रालयले द्धन्द्धका वेला विस्तापित तथा सम्पत्ति क्षेती भएकाहरुको नाममा रकम निकासा नगरेको वताए । पटक पटक रकम निकासा गर्न पहल भए पनि नसकिएको गणेश रत्नले वताउनुभयो । राहत दिन मन्त्रालयले मृतक,वेपत्ता तथा लडाकुहरुलाई प्राथमिकतामा राखेको हुन सक्ने वताउनुभयो ।

Related

स्थानिय 9068552809078091834

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item