पत्रकार हत्याविरुद्ध रिलेक सिन्धुलीको भत्सना


सिन्धुली,पुस २८ ।

आठ वर्ष अघि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई कारवाही नगर्न प्रधानमन्त्रीले दिएको आदेशलाई मानवअधिकार शिक्षा क्लव रिलेक नेपाल सिन्धुली शाखाले विज्ञप्ती मार्फत भत्र्सना गरेको छ । शाखाका अध्यक्ष रुद्रबहादुर खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा हत्यामा संलग्न व्यक्तिहरुसँग बयान लिने कार्यलाई अवरोध नगर्न समेत आग्रह गरेको छ । खड्काद्धारा जारी विज्ञप्तीमा देशभरी भएका पत्रकार हत्याका घट्नाका सम्वन्धमा आयोग गठन गरी निष्पक्ष छानविन गर्न समेत माग गरिएको छ । 

देशका कार्यकारी प्रमुखले हत्याराले हत्या गरेको स्विकार गरिसकेको अवस्थामा छानविनलाई प्रभावित बनाउनेगरी छानविन रोक्न आदेश दिनुले प्रधानमन्त्रीले शान्तिप्रक्रियालाई विथोली निरङ्गकुशवादी सत्ता लाद्न खोजेको विज्ञप्तीमा भनिएको छ । हत्यारालाई कारवाहि गर्न मानवअधिकार वादी संघसंस्थाले उकासेको भन्ने प्रधानमन्त्रीको आरोपलाई गैरजिम्मेवारी पूर्ण शव्द र घोर आपत्तीजनक आरोप लगाईएको बताईएको छ । साथै विज्ञप्तीमा दोषीहरुलाई कडा भन्दा कडा कारवाही , पिडीत परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन माग गरिएको छ ।

Related

स्थानिय 2771837145460005883

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item