सिन्धुली दुधौलीका मुसहर समुदाय तरकारी खेतीतर्फ


सिन्धुली,पुस २८ ।
सिन्धुलीको दुधौली ५ लखिमाडा“डाका मुसरहरु तरकारि खेति तर्फ आकर्षित भएका छन । उनीहरुले प्राङ्गगारिक मल प्रयोग गरेर खेति गर्ने गरेको वताएका छन । विभिन्न गैरसरकारी संस्थाले दिएको तालिम पछि तरकारी खेतिमा लागेको स्थानीय मालती सदाको भनाई छ । तरकारि खेतिगर्न थालेपछि जीवनमा ठुलै परिवर्तन आएको सदाको भनाई छ ।
विगतका दिनहरुमा अर्काको बनिबुतो र जमिन काट्ेर जीवन निर्वाह गर्दै आएका मुसहर समुदायका मानिसहरु अहिले व्यवसायीक रुपमा नै तरकारी खेति गर्न लागेको सदाले वताउनुभयो । तरकारीका लागि माछाका भुरा खोज्न खोलामा जाने गरेका मुसर समुदायका मानिसहरु अहिले  मौसम अनुसारका तरकारी लगाउने गरेका छन ।
प्राङ्गारिक तरिकाले खेति गर्दा तरकारीमा रोग तथा किरा नलाग्ने र खर्च पनि कम हुने उहाँले वतउनुभयो । विभिन्न रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वराशक्ति घट्दै जाने भएकाले तरकारीमा पनि विभिन्न रोग लाग्ने त्यहाँका कृषकहरुको भनाई छ । खेतबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरी आफूलाई चाहिने बीउको संरक्षण समेत उनीहरु आफैले गर्न थालेका छन ।  ६ कठ्ठा आफनो र  १० कठ्ठा भाडामा लिएर तरकारी लगाएको मालतिले वताउनुभयो ।
मौसमी भन्दा बेमौसमी तरकारी वाट राम्रो फाईदा लिन सकिने उनीहरुको भनाई छ । प्राङ्गगारिक तरिकावाट तरकारी उत्पादन गर्दा विक्रिको लागि पनि कुनै समस्या नहुने उनीहरुको भनाई छ । रोजगारिका लागि अन्यत्र जाने मुसर समुदायका पुरुषहरु अहिले आफ्नै करेसाबारीमा पसिना वगाउन थालेका छन । उनीहरुले तरकारीको विक्रिवाट वार्षिक ५०हजारसम्मको  तरकारी बेच्ने गरेका छन । उनीहरुले सिमी, बोडि , घिरौला, रायोको साग, चिप्लि भिन्डी,भ्याण्टा,करेला लगाएतका तरकारीहरु उत्पादन गर्ने गरेका छन । त्यसभेगमा करिव १ सय ५० घर मुसहरहरुको बसोवास रहेको छ ।

Related

प्रमूखखबरहरु 507950584954150732

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item