सिन्धुलीमा मोवाईल सेवामा समस्या

सिन्धुली,पुस २८ ।
सिन्धुलीमा नेपाल टेलीकमद्धारा वितरित मोवाईल सेवामा समस्या आएको छ । मोवाइमा प्राय जसो सम्पर्क हुन नसक्ने र सम्पर्क भएमा पनि कुरा गर्दा गर्दै काटिने समस्या आएको उपभोत्ताहरुले वताएका छन ।
प्रायगरेर साझको समस्यामा यस्तो समस्या आउने गरेको उपभोत्ता कनपा १२ कोरमखोलाका उपभोत्ता रुद्रबहादुर खड्काले बताउनुभयो । विहान ६ बजे देखि ८ बजेसम्म र बेलुका नेटवर्क आएपनि फोनसम्पर्क भने हुन नसक्ने गरेको उहाँले वताउनुभयो । सिन्धुली जिल्लामा टेलिकममा ५० हजार ग्राहक रहेका छन । नेपाल टेलीकमको स्काइ मोवाइल सेवामा पनि समस्या आउने गरेको खड्काले वताउनुभयो । विगत २०/२२ दिन देखि यस्तो समस्या आउन थालेको उपभोक्तहरुले वताएका छन ।

नेपाल टेलीकमले दिएको जानकारी अनुसार जिल्लामा स्काइ मोवाइ प्रयोग कर्ता १७ हजार, नमस्ते मोवाइल प्रयोग कर्ता २२ हजार र टेलीफोन सेवा ११ हजार सहित ५० हजार सेवाग्राही रहेको जनाएको छ ।  जिल्लाका दुरदराजका बासिन्दाको एकमात्र विकल्पको रुपमा रहेको सिडिएमए सेवामा समेत बारम्वार समस्या आउने गरेको भएपनि सम्वन्धीत निकाएले चासो नदिएको उनीहरुको गुनासो रहेको छ ।
जिल्लामा रहेका अन्य मोवाईसेवाहरु भने संचालनमा नै रहेका छन । जिल्लामा अहिले एनसेल र स्मार्ट कम्पनीको मोवाईल सेवा संचालनमा नै रहेपनि यी दुई कम्पनीको सेवा पनि गुणस्तरीय नभएको उपभोक्ताहरुले वताएका छन । यी दुवै कम्पनीको मोवाईल सेवामा कुरा गर्दा आधाजसो कुरा मात्र वुझिने प्रयोगकर्ताहरुले वताएका छन ।

Related

स्थानिय 1885249090012064274

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item