सिन्धुलीमा पेट्रोलको हाहाकार

http://sindhulidarpan.blogspot.com/2013/01/petrol-pump.html
सिन्धुली,पुस २८ ।
सिन्धुली जिल्ला सदरमुकाममा पेट्रोलको अभाव भएको छ । जिल्लामा रहेका प्रेट्रोलपम्पहरुले पेट्रोल ल्याउन छोडेपछि अभाव सृजना भएको उपभोत्ताहरुले बताएका छन । जिल्ला सदरमुकाममा रहेका ३ वटा पम्प मध्ये २ पम्पले मात्र पेट्रोलको विक्रिवितरण गर्ने गरेका छन । पम्पहरुले तेल ल्याउन छोडपछि साना सवारी साधनहरु वढी समस्यामा परेका छन । सदरमुकाममा तेल नपाएका कारण मोटरसाईकल चलाउन समस्या भएको स्थानीय जनक श्रेष्ठले वताउनुभयो । २०/२५ दिन देखिनै सदरमुकाममा पेट्रोलको अभाव भएको श्रेष्ठले वताउनुभयो ।

शिद्धवाबा पेट्रोलपम्पका संचालक मित्रबहादुर थापा भने ढुवानीमा समस्या भएकाले पेट्रोल नल्याएको वताउनुहुन्छ । ट्याङकर चालक र सहचालकले तेलचोर्ने गरेकाले तेल नल्याएको वताउनुहुन्छ । अम्लेशगजंवाट ३ हजार लिटर तेल लोड भएकोमा सिन्धुली आईपुग्दा १७५ लिटरसम्म अपुगहुन थालेपछि पेट्रोल ल्याउन छोडेको वाउनुभयो । तेल चोरीको सम्वन्धमा आयल निगममा जानकारी गराउदा समेत कुनै वास्ता नगरेकाले चोरीमा निगमका कर्मचारीको समेत संलग्नता हुन सक्ने उहाँले वताउनुभयो । निगमका प्रमुखलाई लिखित रुपमा नै जानकारी गराउदा समेत कुनै कारवाहिको प्रक्रिया अगाडी नवढाएकाले तेल नल्याएको थापाले वताउनुभयो । अबको केही दिनमा नै पेट्रोल आईपुग्ने उहाँले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !