मोबाइलबाट इन्टरनेट चलाउने बढ्दो

http://sindhulidarpan.blogspot.com/2013/01/internet-using-on-mobile.html
- आम मानिसको मोबाइल फोन पहुँचमा वृद्धि भएको छ । मोबाइल बोक्नेको संख्या एक करोड ६३ लाख पुग्नुले यो प्रमाणित गर्छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले पनि भनेको छ कि यतिखेर देशमा सयमा ६० भन्दा बढीसँग मोबाइल फोन छ । मोबाइल फोनको पहुँचसँगै यसबाट इन्टरनेट चलाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ । प्राधिकरणका अनुसार अहिले ५१ लाख २४ हजार आठसय ५७ नेपालीले मोबाइलबाट इन्टरनेट चलाउँछन् ।
प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकले यो संख्या जीपीआरएस, एज, डब्लुसीडीएमए यी तीन प्रविधिबाट मोबाइलमा इन्टरनेट हेर्नेको रहेको उल्लेख गरेको छ । यसमा नेपाल टेलिकमको मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या २२ लाख ६३ हजार ८० छ भने एनसेलको मोबाइल मार्फत इन्टरनेट चलाउनेको संख्या २८ लाख ६१ हजार सातसय ७७ रहेको छ । विशेष गरेर एनसेलको एनसेल कनेक्ट इन्टरनेटका लागि लोकप्रिय छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !