नयाँ सरकारको चटारो


काठमाण्डौ,फागुन ४ । 

राष्ट्रपति सहित प्रमुख दलहरुको सयुक्त बैठक आजपनि बस्दै छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउसो २ बजे बस्ने बैठकमा चुनावी सरकारको नेतृत्वको विषयमानै छलफल जारी रहने छ । प्रधानन्यायाधिसको नेतृत्वमा नेकपा एमालेले आज सहमति जनाए सँयुक्त बैठकबाट चुनावी सरकारको नेतृत्व प्रधानन्याधिसलाई दिने निर्णय हुने छ ।
यसअघि हिजो नेकपा एमालेले थप छलफलका लागी आजसम्मको समय मागेपछि निर्णय हुन सकेको थिएन ।
नेपाली काङग्रेसले पनि माओबादीको प्रस्तावमा समर्थन जनाएपछि चुनावी सरकारको नेतृत्वको निर्णय अव एमालेको हातमा गएको छ । यसअघि हिजो दुइ पटक भएको बैठकमा दलहरुले सरकारको मोडेलबारे समेत छलफल गर्न भ्याएका थिए । हिजोको बैठकमा दलहरुले नयाँ सरकारलाई चुनाव गराउने र दैनिक प्रशासन चलाउने म्यान्डेट दिने, र नयाँ सरकारका नामबारे विभिन्न विकल्पमाथी छलफल गरेका थिए ।

चुनावी सरकार गठनको अन्तिम तयारीमा जुटेका दलहरु अहिले आन्तरिक छलफलमा व्यस्त बनेका छन् । सत्तारुढ सँघिय लोकतान्त्रीक गणतान्त्रीक गठबन्धन, नेकपा एमाले र नेपाली काङग्रेसका नेताहरुविच आन्तरिक छलफल तिव्र बनेको छ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पार्टि कार्यालय बल्खुमा अहिले बस्दै छ  ।
बैठकमा प्रधानन्यायाधिसलाई प्रधानमन्त्रीका लागी समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने छ । हिजो बसेको स्थाइ समिती बैठकले बाबुराम भट्टराई सरकारलाई विस्थापित गर्न प्रधानन्यायाधिसको नेतृत्व स्वीकार्ने निर्णय गरेपनि केन्द्रीय कमिटीबाट अनुमोदन गराउनका लागी एमालेले आज बैठक बोलाएको हो ।
हिजो राष्ट्रपतिको उपस्थितीमा भएको दलहरुको सँयुक्त बैठकमा प्रधान न्यायाधिसलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा दलहरु सहमति नजिक पुगेपनि अन्तिम निर्णयका लागी एमालेले आजसम्मको समय मागेको थियो । एमालेको केन्द्रीय कमिटीबाट अनुमोदन भए आजै प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकारको टुङगो लाग्ने छ । तर, प्रधानन्यायाधिसको नेतृत्वका लागी एमालेभित्र तिव्र विवाद रहदै आएको छ । अध्यक्ष झलनाथ खनाल र माधव कुमार नेपाल प्रस्तावका पक्षमा रहनुभएको छ भने स्थाइ समिती सदस्य केपी ओली र महासचिव इश्वर पोखरेल विपक्षमा रहनुभएको छ । त्यस्तै अधिकाँस केन्द्रीय सदस्यहरु प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउदा मुलुकको न्याय व्यवस्थामा प्रतिकुल असर पर्ने बुझाइमा छन भने केहि नेताहरुले प्रधानमन्त्री भट्टराईको नेतृत्व भन्दा प्रधानन्यायाधिसको नेतृत्व कम जोखिमपूर्ण हुने धारणा व्यक्त गर्दे आएका छन् ।

यस्तै सत्तारुढ सँघिय लोकतान्त्रीक गणतान्त्रीक गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दै छ । हिजो दलहरुविच भएका विभिन्न छलफलका विषयमा औपचारीक निर्णय गर्न बैठक बस्न लागेको हो । सँयुक्त छलफलमा उठेका सरकारको नाम, अधिकार क्षेत्र, र सँवैधानिक जटिलता हटाउने विषयमा छलफल हुन लागेको हो ।
यस्तै नेपाली काङग्रेका शिर्ष नेताहरुविच पनि अनौपचारीक छलफल भइरहेको छ ।
केन्द्रीय समितीले चुनावी सरकार गठनका लागी निर्णय गर्ने अधिकार शिर्ष तिन नेतालाई दिएपछि सभापत शुशिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति  रामचन्द्र पौडलविच छलफल भइरहेको छ ।

Related

राष्ट्रिय 6547162699266784622

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item