लोकमानसिंह कार्की विरुद्धको रिटको सनुवाई आज news


काठमाण्डौ,वैशाख १० ।
लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नहुने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज फेरि सनुवाई हुँदैछ । पूर्व–मुख्यसचिव कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त नगर्न माग गर्दै दायर रिट यसअघि आजका लागि सरेको थियो ।
कार्कीलाई ४ चैतमा मुख्य चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्ने निणर्य गरेको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले त्यसविरुद्ध चैत ७ गते सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको थियो । यसअघि दुईपटक रिटको सनुवाई सरिसकेको छ । आजको सनुवाईबारे बिहान १० बजेपछि मात्रै भन्न सकिने सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।

    

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item