नेपालमा डिजलको मूल्य बढेपछि भारतबाट तस्करी खुल्ला


रोहितकुमार मण्डल, 
सिरहा,चैत १९ ।
नेपालको भन्दा छिमेकी मुलुक भारतमा डिजेल सस्तो भएपछि पछिल्ला केहि समययता सिरहा तथा सप्तरीको विभिन्न नाकाबाट भारतबाट डिजेल तस्करी बढेको छ । डिजेल तस्करीमा तस्करहरुले नेपाली साइकल, मोटर साइकल प्रयोग गर्ने गरेका छन् । सिरहाको बरियारपटि, सुखिपुर, सप्तरीको मौवाहा बेल्ही, चन्ही तथा रामनगरको दरकटी नाकाहरुबाट प्रतिदिन मोटरसाइकल तथा साइकलबाट बेलेकियाहरुले नेपाल भित्रयाउने गरेको पाइएको हो ।

 भन्सार कार्यालयले राजस्व संकलन नीतिमा कडाइ गरेकाले तस्करहरुले  प्रहरीहरुसंग मिलेमतो गरेर रातको समयमा भन्सार छलेर ल्याउने गरेको प्रत्यक्षदर्शीको दाबी छ । तर इलाका प्रहरी कार्यालय महुवाहा बेल्हीका प्रहरी साहयक निरीक्षक प्रमेश्वर ठाकुर र प्रहरी चौकी चन्हीका तेजनारायण चौधरीले यस क्षेत्रबाट कुनै किसिमको तस्करी नहुने दाबी गर्नुहुन्छ ।

Related

विविध 9126591726915581687

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item