फेसवुकको दुरुपयोग गर्ने सिन्धुलीका रामकुमार पक्राउ

काठमाडौं, भदौ ४ ।
समाजिक सञ्जाल फेसवुक दुरुपयोग गर्ने सिन्धुलीका रामकुमार स्याङ्गवोलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली जलकन्या गाविस वडा नं २ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने बर्ष ३० का स्याङ्गवोलाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले वुधबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा विभिन्न महिलाहरुको तस्विरहरू दुरुपयोग गर्दै चरित्र हत्या गर्न अश्लिल फोटोहरु राखि फेसबुकमा नक्कली प्रोफाईलहरू वनाएर फेसवुकको दुरुपयोग गरेको प्रहरीले जनाएको छ । स्याङ्गवोको सामसुङं तथा नोकिया मोवाइल सेट जफत गर्दै बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको विज्ञप्ती मार्फत जनाएको छ।

अपरिचित व्यक्तिहरूलाई मित्र नबनाउन र सार्वजनिक रुपमा सबैले देख्न सक्ने कभर तथा प्रोफाइल तस्विरहरू अपलोड गर्दा सतर्कता अपनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नेपाल प्रहरीले आग्रह समेत गरेको छ ।

Related

प्रमूखखबरहरु 5867820017246755973

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item