दुई जना महिलालाई खोलाले वगायो

http://sindhulidarpan.blogspot.com/2014/08/flood_21.html
मीनकुमार दाहाल, सिन्धुली, भदौ ५ ।
सिन्धुलीको कमलामाई नगरपालीका– १३ वाट दुई महिलाको कमला नदीले वगाएर मृत्यु भएको छ । विहिबार दिउसो कमलामाई नगरपालीका–१५ की २२ वर्षिया गर्भवती महिला प्रेममाया आले र महोत्तरी जिल्ला गौरीवास गाविसकी १२ वर्षिया कविता भुजेललाई कमला खोलाले वगाउँदा मुत्यु भएको हो ।

गर्भवती महिला नगरपालीकाको ११ नम्वर वडामा रहेको स्वास्थ्य चौकीमा गर्भचेक गराउन आउने क्रममा खोला तर्दा वगेकी हुन भने महोत्तरी गौरीवास निवासी कविता भुलेल दिदीलाई भेटेर घर फर्कीने क्रममा कमला नदीले वगाएको स्थानिय वासिन्दा कृष्णहरि घिमिरेले वताए ।
उनीहरुसँगै कमला खोला तरेका नविन भुजेल र लिलामाया भुजेल भने वाँचेका छन् । नदीले वगाउँदा घाईते भएका उनीहरुको भिमान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । नगरपालीकाको कमला खोलापारीका १३, १५, १६, १७ र १८ नम्वर वडाका मानिसहरुको वजार र स्वास्थ्य केन्द्र भिमान वजार आउन खोला तर्नु पर्ने कारणले गर्दा प्रत्येक वर्ष खोलाले वगाएर मानिसहरु मृत्यु हुने गरेको छ । कमला खोलामा पुल नहुँदा त्यहाँका मानिसहरुको अकालमा ज्यान जाने गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !