सिन्धुलीमा ट्रक दुर्घटना, ३ को ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2014/08/accident.html
सिन्धुली, भदौ १० ।
सिन्धुलीको विपी राजमार्गमा ट्रक दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ । खनियाखर्क–खुर्कोट सडक खण्डको रतनचुरा–४ स्थित टाउँके भिरमा बा ३ ख ११२४ नम्बरको मालबाहक ट्रक दुर्घट्ना हुँदा मंगलबार तिन जनाको मृत्यू भएको हो ।
मृत्यु हुनेहरुमा सर्लाही–हरिवनका ट्रक ड्राइभर पासाङ दोर्जे लामा, सर्लाहीकै रामकुमार खड्काको घट्ना स्थलमै मृत्यू भएको छ । अर्का एकको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
वदिबासबाट सिमेन्ट लिएर खुर्कोट जादै गरेको उक्त ट्रक सडकबाट ४ सय मिटर तल खसेको सिन्धुलीका प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले वताए । ट्रक पुर्ण रुपमा क्षतविक्षत भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !