कृषकलाई पावर टिलर ट्याक्टर हस्तान्तरण

   

मीनकुमार दाहाल, सिन्धुली, भदौ २४ । 
जिल्ला कृषि विकास कार्यालयले जिल्ला विभिन्न स्थानका कृषकहरुलाई खेत वारी जोत्न प्रयोग गरिने पावर टिलर (हाते ट्याक्टर)अनुदानमा वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयले गोरु हटाऔं, गाई भैसी पालौ, खेतवारी ट्याक्टरले जोतौं जोतौ भन्ने नाराका साथ कृषकहरुलाई पावर टिलर ट्याक्टर कृषकहरुलाई कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको छ  ।
१ लाख ४० हजार पर्ने १२ एच.पी. को सो ट्याक्टर कृषकलाई पचास प्रतिशत अनुदानमा उपलव्ध गराएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईले वताए । जिल्लाको विभिन्न गाउँ विकास समितीमा ५८ वटा ट्याक्टर वितरण गरिएको जिल्ला विकास समितीले जनाएको छ ।
 कृषक समुह तथा कृषि सहकारी मार्फत माग भएको स्थानमा पावर टिलर ट्याक्टर वितरण गरिको कार्यालयका योजना अधिकृत सुजन अमागाईले वताए । कृषकले खेत जोत्न प्रयोग भैरहेको गोरु विस्तापित गर्ने अभियानको साथ कृषि विकास कार्यालयले यस्ता ट्याकटर वितरण गर्न लागेको योजना अधिकृत अमागाईले वताए ।
जिल्ला कृषि विकास कार्यालयले सिन्धुली गत वर्ष देखी कृषक समुहहरुलाई यस्ता ट्याक्टर वितरण गर्न थालेको हो । गोरुले खेत जोत्न समय धेरै लाग्ने भएकोले कृषकहरुले हातले चलाएर जोत्न मिल्ने ट्याकटर मनपराएको कृषि विकास कार्यालयले जनाएको छ । 
एक घण्टामा एक लिटर डिजेल भए पुग्ने सो ट्क्टरले एक घण्टामा ६ कट्ठा खेत वारी जोत्न सक्छ । जिल्लाको ५३ गाविस तथा कमलामाई नगरपालीकाको १८ वटै वडाका कृषकहरुलाई पावर टिलर ट्याक्टर वितरण गर्ने लक्ष्य कृषि विकास कार्यालयको छ ।
कमलमाई नगरपालीका १० करकरेका कृषक कृष्णराज श्रेष्ठले कृषक समुह मार्फत समुहका सदस्यको खेतवारी पालै पालो जत्ने गरेको वताए । कम खर्चमा धेरै काम हुन भए पछि कृषकहरु दंग परेको कृषक श्रेष्ठको भनाई छ ।

Related

प्रमूखखबरहरु 2781683434861231308

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item