साहारा विहिन चेलीको कथा

http://sindhulidarpan.blogspot.com/2014/09/article.html
- कृष्णहरि घिमिरे
चन्द्रकला पूर्वे (नाम परिवर्तन) दुवै अाँख देख्दिनन् ।
विहानीको सुन्दर ससांर यीनको निम्ती साँच्चै अध्यारो छ ।
हो तिनै चन्द्रकला पूर्वेले न्यायका लागि लडेको लडाईको कथा उनकै शव्दमा यहा प्रस्तुत गर्दै छु । यी किशोरी जसलाई आफ्नै शिक्षकले जवजस्ती करणी गरे । न्यायको लागि अड्डा अदालत धाउँदा धाउँदा लखतरान भएकी उनको कथा समग्र महिला अधिकार, न्याय समानतामा लाग्नेहरुका लागि चोटिलो पाठ वन्न सक्छ । न्यायको लडाँई कती सजिलो र सरल छ भन्ने यो उनको कथाले वताउँछ ।
विहानीको सुन्दर ससांर यीनको निम्ती साँच्चै अध्यारो छ ।
हो तिनै चन्द्रकला पूर्वेले न्यायका लागि लडेको लडाईको कथा उनकै शव्दमा यहा प्रस्तुत गर्दै छु । यी किशोरी जसलाई आफ्नै शिक्षकले जवजस्ती करणी गरे । न्यायको लागि अड्डा अदालत धाउँदा धाउँदा लखतरान भएकी उनको कथा समग्र महिला अधिकार, न्याय समानतामा लाग्नेहरुका लागि चोटिलो पाठ वन्न सक्छ । न्यायको लडाँई कती सजिलो र सरल छ भन्ने यो उनको कथाले वताउँछ ।
धनुषाको निम्नवर्गिय परिवारमा जन्मीएकी यी चन्द्रकला ४÷५ वर्षको हुँदा दादुरा आयो । दादुरा संगै आखा पाक्ने समस्याले सतायो । समयमा उपचार भएन दुवै आँखा संदैका लागि गुमे ।

यो पढ्ने अवसर पाउँन पनि उनले परिवारवाटै विद्रोह गर्नु परेको थियो । वावु, आमा, दाईले कुनै पनि हालतमा पढ्न जान दिएनन् । अन्धाले पढेर के गर्छन भन्दै प्रतिवन्ध जस्तै लगाए ।
तै पनि हिम्मत हारिनन् । विद्रोह गरेर भए पनि उनि २०६३ सालवाट पढ्न थालिन् ।
विशेष शिक्षा भएकाले होस्टलमै वस्ने सुविधा थियो । विस्तारै वे्रललिपीवाट साउँ अक्षर संगै उनी शिक्षाको उज्यालो संग रमाउन थालिन । विहानीको सुन्दर दिन देख्न नपाएकी उनि भित्रि उज्यालो पाएकामा भने रमाएकी थिईन ।
यस्तैमा उनका लागि २०६८ चैत्र २७ गते कालो दिन वनेर आयो । होस्टलमा वसी रहेको अवस्थामा आएका शिक्षक असोक कुमार झाले जवरजस्ती करणी गरे । अंग्रेजी शिकाईदिने वहानामा आएका शिक्षकले साथिकै अगाडी जवरजस्ती गरे पछी उनको जीवनमै ठुलो घात भयो ।
यो घट्ना भए पछी उनले पहिलो पुकारा होस्टलमा काम गर्ने आयालाई गरिन् । तँ चुपलाग म मिलाउँछु भन्दै टार्न खोजिन । भोलीपल्ट प्रधानाध्यापकलाई भनिन् एककान दुईकान गाउँ भरी यो घट्ना पुग्यो । कसैले प्रहरीमा जा भने कसैले यहीँ मिलाउनु पर्छ भने । जाने कहाँ कस्लाई गुहार माग्ने कसैले सही सल्लाह दिएन । चन्द्रकला आफै जुरुक्क उठिन र जिल्ला प्रहरी कार्यालय आईन् ।
आफु माथी अपराध गर्नेलाई कारवाही गराई छाड्ने दृढनिष्चयी चन्द्रकलाले जिल्लामा सविस्तार लगाईन् । म माथि अन्याय भयो न्ययको गुहार लगाईन् । स्थानीय स्तरमै मिलाउनु पर्छ भन्नेको वोलवाला फेरी जिल्ला सदरमुकाममा पनि चल्यो ।
प्रहरीमा जाहरी दिँदा उनले आफुमाथी भएको ज्यादतीको सवै प्रकरण सुनाईन् । जाहेरी दर्ता भयो । तर जाहेरीमा के लेखिएको छ भन्ने सोद्दा मैले भने अनुसार नै सुनाय तर मैले हस्ताक्षर गरेको कागजमा त जवरजस्ती करणी उद्योग पो भनिए छ म आँखा नदेख्ने मान्छे त्यहीँवाटै म माथी खेलवाड सुरु भयो आँखावाट आसु झार्दै उनले भनिन् ।
वावु आमाले नपढ् भन्दा भन्दै आएको के मुख देखाएर फेरी घर जानु । एउटा शिक्षकको नाममा त्यो राक्षसले मेरो सवै लुट्यो । म भनि रहे म माथी जवर जस्ती करणी भयो÷वलात्कार भयो । तर म जे भन्थे त्यो सवै कागजातमा लेखिँदो रहेन छ । चाहे प्रहरीमा गरिएको वयान होस् वा जिल्ला अस्पतालमा गरिएको स्वास्थ परिक्षण रिपोट वनाउँदा होस । अस्पतालले त मेरो सहयोग गर्ला भनेको त केवल मलाई सोधेकै आधारमा प्रतिवेदन वनाइ दियो । प्रहरीमा मेरो घटना हेर्ने त झा कै आफन्त नै थियो ।
मलाई जहाँ जहा लगिन्थ्यो त्यहाँ अशोक झाका आफन्त नै हुन्थे तिनैको वोलवाल चलेकै थियो । हुँदा हुँदा अदालतमा त न्याय पाइन्छ भनेको त्यहाँ पनि मलाई थर्काइयो करणी भएको हैन भनिस् भने पढन् पाईउछेस् हैन भने घर पठाई दिन्छौ । पढ्न भनेर घरवाट आएको कसरी फर्किनु भनेर हुन्छ भने वयान दिँदा पनि अदालत भित्र गए पछी नडराई भन्नु भनेकाले आफ्ना कुरा राखे तर म जे भन्छु सवै त्यो विपरित नै लेखिएको छ ।
हुँदा हूदा त्यतिवेलाका जिल्ला न्यायाधिश हरिप्रसाद वगाले ले असोक झाको जेठानलाई अदालतमै भेटेको मलाई सुनाए । अव भने न्याय नपाईने भयो भन्ने लाग्यो । वास्तवमै त्यस्तै भयो । असोक झालाई प्रहरीले गिरफ्तार ग¥यो भन्ने खवर आयो थुन छेक भन्ने वहस हुँदा ६५ हजार धरौटीमा छाडियो । म छक्क परेर मलाई सहयोग गर्ने वकिललाई सोधे तिम्रो केश सेक्सुअल ह्यारेसमेन्ट भनेर पो छोडेको रहेछ ।
यो सवै हुँदा हुँदै मैले पनि सुनेर वुझेर कानुनमा के रहेछ भन्ने वुझन थाले । पहिला भएका जिल्ला न्यायाधिशले सेक्सुअल हेरेसमेन्ट भनेर ६५ हजार धरौटी राखेर तारिखमा मुद्धा खेप्न पाउने निर्णय गरे । अशोक झालाई एक दिन मात्र प्रहरी हिरासतमा राखेर हतार हतार छाडियो ।
त्यसको केही समय पछी अशोक झा र उनको जेठान मेरो घर धुनुषामा गए छन् । तिम्रो छोरीलाई घर ल्याएर राख म जति चाहिन्छ पैसा दिन्छु भन्यो । वुवाले फोनमै गाली गर्नु भयो त मुद्धा हाल्दै हिँडेकी छस् रे मैले हैन भने । आज पनि परिवारलाई ढाँटेकै छु ।
जिल्ला अदालतले फैसाला सुनाउने वेला भयो जिल्ला गएँ । न्यायधिश नयाँ आएकाले ठुलो आशा गरेको थिए । मलाई जवरजस्ती करणीनै गरिएको भए पनि मुद्धा त जवरजस्ती करणी उद्योगभयो । ३ वर्ष सजाय र ६५ हजार जरिवाना हुने भनेर फैसला भयो । न्याययाधिशले जुन कानुनको दफा लगाएर फैसला गर्नु भएको छ । त्यो कानुन सवलाङको लागि हो । म जस्तो क श्रेणीको अपाङ्गको परिचय पत्र सहित अदालतमै सहयोगी राखेर वयान गरेको लाई समेत हेर्नु भएन । यदी जवरजस्ती करणी उद्योग अपाङ्गलाई गरेको भन्ने प्रमाणित भए सजाय ढेडी थपिने व्यवस्था छ रे त्यो भएको भए उ आज जेलमा हुने थियो । ३ वर्ष मात्रै कैद हुँदा उ आज वाहिरै वसेर पुनरावेद गाको छ रे । सवै पैसाको खेलमा उसलाई उम्काउने योजना वुनिएको जस्तो छ ।
म आज पनि आसोक झा वाहिर छ भन्दा तर्शन्छु । मेरो घरमा गएर त धम्क्याउने ले यहाँ भेट्यो भने मारिपो दिन्छकी भन्ने लाग्छ । गर्दा गर्दै २ वर्ष वितेछ । मलाई अन्याय भयो भनेर सिन्धुली आउँदा जाँदा वस्दा हाम्रो होस्टलको आयाको १२ हजार वढी खर्च भयोरे । त्यो पैसा तेरो कारण खर्च भयो । तलाई अदालत नजा भनेर भनेको मानिस् ? तिर भनेर वारंवार भनि रहन्छन् । यहाँ वसौँकी नवसौँ भएको छ । अहिले म ९ कक्षामा पढ्दै छु एसएलसी सम्म पास गर्न पाए हुने । घरमा झगडा गरेर पढ्न भनेर यहाँ आए । यहाँ पनि यस्तो भयो । कहाँ जाउँ के गरौँ भएको छ ।
मैले न्याय पाउनका लागि लडेको लडार्इँले आफ्नै भविष्य अँध्यारो भएको छ । परिवार र समाजवाट तिरस्कृत जतिकै हुनु परेको छ । दुवै आँखा नहुनु अनि वलात्कारको सिकार पनि वन्नु अनि न्याय नपाएर छट्पटाई रहँँदा मन पिरोलिएर आउँ छ । हैन मैले के अपराध गरे र यो सजाय पाई रहेको छु भन्ने हुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !