'समृद्ध सिन्धुली नागरिक अभियान' भेला हुदै

सिन्धुली, भदौ २७ ।

सिन्धुली विकासको सामुहिक नागरिक परिकल्पना तयार गर्ने उदेश्यले शनिवार समृद्ध सिन्धुली बृहत भेला हुने भएको छ ।  भदौ २८ गते शनिवार सिद्धबाबा पार्टी प्यालेस, ढुंग्रेवासमा एक दिने कार्यशाला सहितको भेला आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।
समृद्ध सिन्धुली एउटा नागरिक अभियान हो, जसले सिन्धुली जिल्लाको समग्र बिकासका लागि बृहत् छलफल गरी सिन्धुली विकासको सामुहिक नागरिक परिकल्पना तयार गर्नेछ । सोही परिकल्पनाका आधारमा सवै सरोकारवालाहरूसँग मिलेर विकास योजना अगाडि बढाउन छलफल गर्ने र बिकास कार्यमा सहयोगी तथा संयोजनकारी भूमिका निभाउने उदेश्य रहेको समृद्ध सिन्धुली अभियानका अभियान्ता सौरभ ढकालले बताएका छन् ।
यो अभियान नेपाल पत्रकार महासंघ, सिन्धुली, सिन्धुली उद्योग बाणिज्य संघ र गैरसरकारी सस्था महासंघ सिन्धुलीले संयुक्त रुपमा शुरू गरेका हुन । सिन्धुलीमा जन्मेर बिभिन्न क्षेत्रमा अनुभव हासिल गरेका ब्यक्तीहरुलाइ जिल्लाको विकास संग जोडने र विकासको संभावनाहरुको पहिचान गरि अधि बढने यो नौलो प्रयास  शुरु गरेको नेपाल पत्रकार महासंघ, सिन्धुली साखाका अध्यक्ष द्धारिका काफ्लेले बताए ।

हाम्रो जिल्लामा थुपै साना ठूला उद्योगको संभावना छ र त्यसलाइ यहा बन्दै गरेका राजमार्ग हरुले थप ब्यवसाहिक संभावना देखाउदै गरेको बेला यो प्रयास समय सापेक्ष भएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष सानुकाजी श्रेष्ठको भनाइ छ ।  जिल्लालाइ राष्टीय परिचय दिन हामी संग  भएको बिजय किल्ला काफि छ । यो अभियानले सिन्धुली गढी र यसको महत्व देश बिदेश संम्म पूराउन मद्दत गर्ने साथै गढीको संरक्षणमा सहयोग पूग्ने गैसस महासंघ सिन्धुलीका अध्यक्ष  संजयकुमार दाहालको दावी छ । शनिबारको भेलामा सिन्धुलीबासीको उल्लेख्य सहभागीता हुने विश्वास लिइएको आयोजकले वताएको छ ।

Related

प्रमूखखबरहरु 3750620027910918188

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item