सिन्धुलीमा वृहत भेला सम्पन्न

http://sindhulidarpan.blogspot.com/2014/09/sindhuli_14.html
सिन्धुली, भदौ २९ ।
संमृद्ध सिन्धुली अभियान अन्तर्गत भदौ २८ गते सिन्धुलीमा बृहत भेलाको आयोजना सम्पन्न भएको छ । भेलामा राजनैतिक दल तथा स्थानीय संघसस्थाहरुले एक्यवद्धता जनाउदै नागरीक अभियानमा मिलेर अघि बढ्ने बताएका छन् ।
भेलामा नेपाली काग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले आफ्नो ठाउको विकासका लागि आफैबाट पहल शुरु गर्नु पर्नेबेलामा संमृद्ध सिन्धुली अभियानले सवैमा सकारात्मक उत्साह ल्याएको बताए ।

उनले जिल्लाको बिकासका लागि आउने यस्ता हरेक अभियानमा नेपाली काग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरे ।
भेलामा एमाले सिन्धुलीमा अध्यक्ष प्रदिप कटुवालले सवै पक्षको बिकास भए मात्र जिल्लाको संमृद्धि हुन्छ । यसर्थ शिक्षा कृषी पर्यटन, स्वस्थ्यका क्षेत्रमा लगानी बढने खालका अभियानहरु संचालन गर्नु पर्ने बताए । एकिकृत माओबादी सिन्धुलीका अध्यक्ष राजन दाहालले सिन्धुली जिल्लामा धेरै सामाजिक महत्वका एतिहासिक क्षेत्रहरु हुदाहुदै सधै केन्द्रबाट उपेक्षित हुनपर्ने अवस्थामा यस्तो अभियानले एतिहासिक क्षेत्रहरुको प्रवद्र्धनमा सहयोग पूराउने बिश्वास ब्यक्त गरे ।
यसैबिच भेलामा शान्ति समिति सिन्धुलीका संयोजक उज्जल बरालले शान्ति स्थापना भैसके पश्चात पनि सरोकारवाला निकाएहरुले बिकाश र पून: निर्माणमा चासो नदेखाएको बेला नागरिकहरुको यो उत्साहले सरोकारवालाहरुलाई सचेत बनाउने बिश्वास ब्यक्त गरे । यस अभियानका अभियन्ता तथा सिन्धुली भेलाका संयोजक लिलानाथ घिमिरेले अभियानको उदेश्य सवै समुह र विशेषत नागरिकहरुलाई समेटेर सिन्धुलीको बिकासको नागरिक परिकल्पना तयार गर्नु भएको बताए । भेलामा सन २०२० साल सम्ममा कस्तो सिन्धुली जिल्ला बनाउने भन्ने परिकल्पनाका आधारमा छलफल गरिएको थियो ।
सकारात्मक सोच र जिल्लामा भैरहेका सफल काम, जिल्लावासीमा भएको क्षमताका आधारमा अव के कस्तो र कुन क्षेत्रमा स- साना अभियान अघी बढाउन सहयोग पूग्ने अभियानका अभियन्ता सौरभ ढकाले बताए । यो अभियानले सिन्धुलीवासी र सिन्धुली बाहिर रहेका सिन्धुलीलाई माया गर्ने सवैको भएको अभियन्ता प्रदिप परियारले बताए ।
यो अभियानमा सवै राजनैतिकदहरुको एकेबद्धताले अभियानमा थप उर्जा मिल्ने र अधि बढन सहयोग हुने गैसस महासंघका अध्यक्ष संजय कुमार दहालले बताए ।
सिन्धुलीगढीमा नेपाल पत्रकार महासघ सिन्धुलीले २०६७ साल देखि सिन्धुलीगढीमा हरेक कार्तिक २४ गते बिजय उत्सव मनाउदै आएको छ । बिक्रम संवंत १८२४ सालमा काठमाडौका राजा जयप्रकास मल्ललाई सधाउन आएको वेलायती सेनालाई गोर्खाली सेनाले परास्त गरेको संझनामा यो उत्सव मनाउन थालिएको हो ।
यसैगरी भेलाले पुष १० गते देखी १९ सम्म हुन लागेको सिन्धुली महोत्सव २०७१ लाई ब्यापक र सहभागिमुलक बनाउने निर्णय गरेको छ । यस पटको महोत्सवमा लगानी प्रवर्धन गर्ने बतावरण मिलाउने कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !