जिविस सिन्धुलीका कर्मचारी अख्तियारको फन्दामा

मिनकुमार दाहाल, सिन्धुली, असोज १ ।
जिल्ला विकास समिति सिन्धुलीका कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्जि काटेको छ । जिल्ला विकास समितिका सूचना शाखाका दिपक कार्की, गैरसरकारी संघसंस्था फाँटका मुकेश तामाङ्ग, सामाजिक विकास फाँटका कपिल थापा, हालै सरुवा भै गएका लेखा अधिकृत पद्म वहादुर कार्की विरुद्ध पदको दुरुपयोग गरेको र भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको जिविस स्रोतले जानकारी दिएको छ ।

अख्तियारले सूचना शाखाका दिपक कार्कीलाई सरकारी तलव भत्ता खाई आफ्नो एनजिओ सामाजिक परिवर्तनका लागी महिला जागरणका अध्यक्ष भएर काम गर्ने गरेको,

त्यस्तै अर्का कर्मचारी मुकेश तामाङ्गलाई जिविसवाट तलव भत्ता खाई ग्रामिण महिला चेतना केन्द्र नामक एनजिओमा कर्मचारी भएको र अधिकाँश समय एनजिओको काममा लाग्ने गरेको भन्दै पत्र काटेको छ । त्यसैगरी अर्का कर्मचारी कपिल थापाले गाँउ जागरण संस्था नामक एनजिओको अध्यक्ष भई काम गरेको र जिविसमा भन्दा बढि एनजिओको काममा लाग्ने गरेको भन्दै सो विषयमा स्पष्टिकरणका लागि अख्तियारले पत्र काटेको हो ।
\

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले केहि विषयहरु उल्लेख गरी आफूलाई पत्र काटेको मुकेश तामाङ्गले वताए । अख्तियारले केहि समय अघिमात्र सिन्धुलीबाट सरुवा भई गएका जिविसका लेखा अधिकृत पदमवहादुर कार्कीलाई उपभोक्ता समितिहरुसँग घुस लिएको भन्दै पत्र काटेको जिविसका एक कर्मचारीले वताएका छन् ।

कार्यालयमा काम नगरी एनजिओमा काम गरेको लगायतका विषय उल्लेख गरी पत्र काटेको छ ।

Related

प्रमूखखबरहरु 3807398415845774890

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item