चाडपर्वमा सडक सुरक्षाको सवाल

- फणीन्द्र फुयाल, ज्वाला
नेपालीहरुको महान चाड दशैँ नेपालीहरुको घर आँगनमा प्रबेश गर्दे छ । दशैँ लगत्तै तिहार, छैठ लगायतका पर्वहरु लगालग नेपालीहरुको घर आँगनमा प्रवेश गर्दैछन् । चाडपर्वको अवसरमा आफ्ना परिवारजनमा भेटघाट गर्न, संगै बसेर मिठो–मसिनो खान र रमाइलो गर्न विदेशमा भएका नेपाली स्वदेश फर्किन थालिसकेका छन् भने देशको बिभिन्न स्थानबाट पेशा व्यवसाय संचालन गर्न राजधानी आउनेहरु घर फिर्तिका लाग बसको टिकट अग्रिम बुकिङ गर्न थालिसकेका छन् । सवैको मनमा जतिसक्दो छिटो परिवारजन संग भेटेर खुसि साटासाट गर्न आतुरता देखिन थालिएको छ । 
दशैँकै लागि भनेर बिभिन्न बस व्यबसायीहरुले आ–आफ्नो रुटमा सवारी साधन थप्ने तयारी गर्देछन् । यतिबेला सबै भन्दा बढी गाडी चालक, सहचालक, लगानी कर्ता तथा बस व्यवसायीहरु तथा आम सवारी प्रयोग कर्ता नागरिक सचेत हुनु पर्ने बेला आएको छ । सवैलाई चाडपर्व मनाउन अतुरता छ भने कतिपयलाई मौकामा चौका हान्दै चाड पर्वको अवसरमा पैसा असुल्न पनि यो बेला दुरुपयोग हुन सक्छ । कतिपय बस व्यबसायीहरुले एउटै सिट दुई वा सो भन्दा बढी यात्रुलाई बिक्रि गरी सास्ती दिने गरेको गरेको पटक पटक सेवाग्राहीबाट गुनासो आईरहेको छ ।

पैसा कमाउने होडमा अन्य मसय भन्दा नेपालमा चाड पर्वका बेला निकै बढि सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरी, सडक बिभाग तथा अन्य सम्बन्धीत र सरोकार निकायले भन्दै आएका पनि छन् । लामो दूरीको बसमा सवारी चालक दुई वटा राख्नु पर्ने ऐनमा व्यबस्था छ । व्यवसायीहरुले ऐनको अटेर गर्दे एक मात्र सवारी चालक राख्ने गरेको कुनै नौलो विषय होइन । राजधानी काठमाडौंबाट देशका अन्य स्थानका लागि छुट्ने सवारी साधनको ड्राईभरलाई दशैँको बेला अन्य समयको भन्दा बढि पैसा कमाउने लोभ भएकाले गर्दा उनीहरु पैसाको लागि जति समय पनि गाडी चलाउन तयार रहेका हुन्छन् । 
जसको कारण उनीहरुलाई पर्याप्त निद्रा र आरम नपुगेका कारण सवारी साधनहरु दूर्घटना हुने गरेको हामीले बिगका चाड पर्वमा भएको सावरी दूर्घटनाबाट निस्किएको कारणहरुबाट थाहा पाई सकेका छौँ । चाड पर्वका वेला सबैलाई अन्य बेलको भन्दा बढि पैसा कमाउने चाहना भएकै कारणले गर्दा दूर्घटनामा बृद्धि भएको हो । बढि पैसा कमाउने आशामा ट्राफिक प्रहरीको आँखा छलेर बसको हुट (छत) मा यात्री चढाउने नेपालका चालकहरुको पुरानैं नियती हो । उनीहरु चेक प्वाईन्ट आउन केहि वर नैं हुटका यात्रुलाई ओर्लिन आग्रह गर्छन् र कुईनेटो कट्नासाथ फेरी छतमैं यात्रु उकाल्छन् । चालकको असहयोग र बदनियतले गर्दा नैं ट्राफिक प्रहरीलाई कतिपय अवस्थामा सडक यात्रा सुरक्षित बनाउन नसकेको आरोप पनि लाग्ने गरेको छ ।
दूर्घटना कुनै सूचना र जानकारी दिएर अर्थात, बाजा बजाउँदै नआउने भएकाले चाड पर्वका बेला यात्रु आफैंँ सचेत हुनु नैं सबैभन्दा बुद्धिमानि हो । सरकार र सारोकार अन्य निकाय भनेको त केवल त्यसका सहयोगी पाटा मात्र हुन् । नत्र असुरक्षित सडक यात्राले गर्दा रमाईलो चाड पर्व आँसु, रोदन र दुःखमा बित्ने त होईन ? यसप्रति सबै जना बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

यता चाडपर्वका बेला राजमार्ग छेउमा सञ्चालित होटलहरुले पनि बासी खाना खुवाएर यात्रीको श्वास्थ्यमाथी खेलवाड गरिरहेका छन् । गाडी चालक र होटल संचालको सेटिङका कारण सर्वसाधारण यात्रु मारमा पर्ने गरेको कुनै नौलो विषय होईन । होटल संचालकले ड्राईभरहरुलाई टिप्स तथा दशै भत्ता दिने जस्ता लोभिपापी कार्यले गर्दा ड्राईभरले यात्रीको मिठो र स्वस्थकर खाना खान पाउनुपर्ने अधिकारमाथी धावा खेलिरहेको आम यात्रीबर्गहरु मुक दर्शक बनेर हेर्न बाध्य छन् । मुलुकमा सरकार छ कि छैन, अनुगमन गर्ने निकाय छ कि छैन ? यो आम सर्वसाधारण जनाताले भेउ पाउन सकेका छ्रनन् । अनुगमन गर्ने निकायले यस्ता खाले ठगी कृयाकलाप गर्नेलाई अधिकतम सजाय दिने सक्ने खालको नीति अव बन्ने संबिधानमा उल्लेख गर्नुपर्ने छ । हैन भने यहाँ नेपालको कानून दैव जानून भन्ने पुरानो उखान पुनः प्रचलनमा नआउला भन्न सकिन्न ।
अनुगमन गर्ने निकायले पनि चाडवाडको बेलामा अनुगमन गर्ने नभई वर्षै भरी नैं उक्त कार्यलाई जारी राख्न सकेको खण्डमा नयाँ नेपाल बन्ने पक्का छ । नत्र भने जति शासन पद्धति आएपनि सर्वसाधारण आम नेपालीलाई त्यसको अनुभूति हुने गरी नभएको खण्डमा त्यो पद्धतिले स्थायीत्व नपाउने विगतका परिघटनाहरुबाटै छर्लङ्ग भैसकेको छ । चाड पर्वलाई सवैले आ–आफ्नो गक्षअनुसार मनाउने परिपार्टीको विकास गरौँ । अर्काको देखासिकि गर्नुभन्दा पनि घाँटी हेरी हाड निल्न सकेको खण्डमा आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई भने जस्तो हुने थिएन कि !

Related

लेख तथा विचार 3566630783308317737

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item