सिन्धुलीमा सुरक्षा व्यबस्था कडा

 मीनकुमार दाहाल, सिन्धुली, असोज १ ।

नजीकीदै गरेको नेपालीहरुको महान् चाड वडा दशै तथा शुभ दिपावली पर्वहरुलाई मध्यनजर प्रहरीले जिल्लाको सुरक्षा व्यबस्था कडा पारेको छ । जिल्लाभर ४१० जना प्रहरी कर्मचारीहरु परिचालन गर्न सक्ने गरी जिल्लाको सुरक्षा व्यबस्था मिलाईएको प्रहरीको भनाई छ ।
चाडपर्वको समयमा व्यापारीक केन्द्रहरु लगाएत आर्थिक कारोवार हुने बैंक, वित्तिय सँस्था तथा सहकारीहरुमा मानिसहरुको आवागमन बड्नुको साथै आर्थिक कारोवारको मात्रा वढिहुने भएकोले उक्त स्थानहरुको वरपर निगरानीको लागी बिशेष प्रहरी टोली परिचालन गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश राज सुवेदी वताए ।
चाडपर्वको समयमा राजमार्गमा सवारी आवागमन अत्याधिक वढि हुने भएकोले सो समयमा सडक दुर्घटना लगाएत चोरी, निकासी तथा तस्करी समेत बढ्न सक्ने भएकोले राजमार्ग सुरक्षा गस्ती वढाई सवारी चेकिङ्ग तथा मादक पदार्थ सेवन चेकिङ्गमा कडाई गरीएको प्रहरी निरिक्षक सुवेदीले वताए ।
बसपार्क तथा होटेल, लजहरुको निगरानी बढाउनुको साथै रातको समयमा होटलमा बस्न आउने ग्राहकहरुको परिचय खुल्ने विस्तृत विवरण लिई अभिलेख दुरुस्त राख्न सम्पुर्ण होटल व्यवसायीहरुलाई प्रहरीले अनुरोध गरेको छ ।
 जिल्लाको सिन्धुलीमाडी वजार, भिमान, खुर्कोट, दुम्जा, दुधौली लगाएतका व्यापारीक स्थानहरुमा तथा मुख्य वजारमा प्रहरीको उपस्थिती वढाई गुण्डागर्दीको नाममा समाजमा अशान्ति तथा अराजकता निम्त्याई शान्ति सुरक्षामा खलल पार्न सक्ने उच्छृखँल व्यक्तिहरुको नामावली सँकलन गरी तिनिहरुको गतिविधिलाई सुक्ष्म रुपबाट निगरानी गर्न थालिएको सुवेदीले वताए ।
सिन्धुलीको सदरमुकामको बजारलाई चारै तर्फको वाहिरी नाकामा २४ सै घण्टा प्रहरी खटाई बजारको वाहिरी रिङ्गलाई घेराबन्दी गरी बजार भित्र उच्छृखँल गतिबिधि तथा अन्य आपराधिक कार्यहरु गर्नसक्ने तथा विभिन्न अपराधमा सँलग्न रही फरार भएका व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिएको छ ।
प्रहरी कर्मचारीहरुले समेत यदाकदा आचरण विपरीतका कार्यहरु गर्नसक्ने भएकोले सो कार्यको निगरानी गरी आचरण विपरीत कार्यमा सँलग्न प्रहरीलाई कारवाही गर्न समेत प्रहरी परिचालन गरिएको छ ।

 प्रहरी कारवाहीलाई शसक्त बनाउन ग्रामिण गस्तीमा जोड दिँदै प्रहरी र नागरीक बीचको सहकार्यमा अभिवृद्धि गर्ने कार्यक्रम र सामुदायिक प्रहरी कार्यक्रमलाई थप सक्रिय वनाई सकारात्मक सोच, जिम्मेवारी बोध, जनताप्रति उत्तरदायीका साथ कानुनी दायरा भित्र रहि निष्पक्ष र पारदर्शी तरिकाले काम गरी नागरीक मैत्री प्रहरी सेवामा  क्रियाशिल रहन सम्पुणर््ा मातहत कार्यालयहरुलाई जिल्ला प्रहरी कार्यालयलले  निर्देशन दिएको छ ।
   जनताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता” भएकोले अपराध रहित सिन्धुलीको निर्माण गर्दै नागरीक मैत्री प्रहरी सेवा अभियानमा प्रहरी द्धारा चालिएको सकारात्मक कदममा सम्पुर्ण नागरीक समाज, राजनैतिक दल, बुद्धिजिवी, पत्रकार, व्यापारी बर्ग सबैबाट सकारात्मक तथा रचनात्मक सहयोगको अपेक्षा प्रहरीको जनाएको प्रहरी निरिक्षक सुवेदीले वताए  ।

Related

प्रमूखखबरहरु 6576740146675070392

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item