सडक निर्माणमा लापरबाहि भएको स्थानीयको आरोप

मीनकुमार दाहाल, सिन्धुली, भदौ ५ ।

मध्य पहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड्को निर्माण कार्यमा सडक कार्यालयका इन्जीनियर र ठेकेदार कम्पनीको मिलेमतोमा निर्माण कार्यमा लापरवाहि गरेको स्थानीयहरुले बताएका छन ।
खुर्कोट देखी घुर्मी सम्मको पीचको ठेक्का लिएका निर्माण कम्पनिहरुले सडक निर्माणको काममा चरम लापरबाहि गरेको स्थानीयहरुको आरोप छ । नेपाल सरकारले उक्त खण्डको पीचको लागी ८ वटा प्याकेजमा ठेक्का लगाएको छ । गोल्डेन गुट शेर्पा कन्ट्रक्सनले ३ वटा, विएस कन्ट्रक्सनले २ वटा, डिएस कन्ट्रक्सनले २ वटा र एसवीए संकर मालिक कम्पनीले १ वटा प्याकेजको ठेक्का पाएका थिए । निर्माण कम्पनिहरुले अहिले उक्त खण्डमा पीच गर्ने कार्यलाई अगाडि बढाईरहेका छन ।

सडकको ड्रेन निर्माण, ग्राभेल, पीच र कल्भर्टको काममा चरम लापरबाहि भएको र निर्माण कम्पनिले सम्झौता अनुसार काम नगरेको डुडभञ्ज्याङ्ग गाविसका स्थानीय तथा एकीकृत माओवादी नेता ज्वाला प्रसाद न्यौपानेले बताए । उनले भने, राष्ट्रिय गौरबकै आयोजनामा गम्भीर लापरबाही भएको छ सम्बन्धीत निकायले नियमन गर्नुपर्ने हो तर वास्ता गरेको देखीदैन ।” व्यवसायीलाई राम्रो काम गर्नुप¥र्यो भन्दा विलोमा हालेको ठेक्का त्यसमा पनि १३ प्रतिशत घुस बुझाउनु पर्छ भनेर उल्टै समस्या देखाउने गरेको समेत उनले बताए । मन्त्रालयले नै उर्दि जारी गरेर निर्माण कम्पनीका ठेकेदारसँग १३ प्रतिशत धुस लिने गरेको कारण काममा लापरवाहि भएको समेत उनले बताए । सवैपक्षले लापरबाहि देखेको भएपनि कसैले ध्यान नदिएको उनको भनाई थियो ।
 भिमेश्वर खुर्कोटका स्थानीय तथा नेपाली काग्रेसका नेता सरद प्रसाद आचार्यले ठेकेदार कम्पनीले झारो टार्ने किसीमले मात्र काम गरेर गुणस्तरहिन काम गरेको बताए । उनले भने, “पिच गरेको सडक माटो हालेर छोपेको छ, सडक संरचना औलाले कोट्याउँदा पनि भत्कने खालको छ ।” ठेकेदार र सडकको मिलेमतोमा गुणस्तरहिन कामलाई पनि बैद्यता दिएर विल पास गर्ने गरेको समेत उनले बताए ।
मध्य पहाडी लोकमार्ग अन्र्तगत खुर्कोट–घुर्मी खण्डका सिनियर इन्जीनियर माधव महतले भने निर्माण कार्यमा लापरवाहि भएको भन्ने आरोप सत्य नभएको बताए । उनले निर्माण कम्पनी र मध्यपहाडी लोकमार्गसँग पुर्वाग्रह राख्नेहरुले लगाएको आरोप मात्र भएको बताए । त्यस्तै सोहि खण्डका अर्का इन्जीनियर गोपी सिलवालले आफुहरुले भ्याए सम्म गुणस्तरिय सडक निर्माण गर्ने कुरामा नियमन अनुगमन गरेको र स्थानीयवासीहरुबाट आफुहरुलाई अहिले सम्म कुनै गुनासो नआएको बताए । स्थानीयहरुको मुआब्जा विना नै जग्गा अधिग्रहण गरी बाटो निर्माण गरेको, स्थानीयहरुले सडकमा रोजगारी नपाएको हुनाले निर्माण कार्यमा लापरवाहि भएको भन्ने आरोप लगाएको उनले बताए ।
निर्माणकार्यको जिम्मेवारी लिएको गोल्डेन गुट शेर्पा कन्ट्रक्सनका साङ्गे शेर्पाले भने गुणस्तहिन काम भएको कुरालाई स्वीकार गर्न मानेनन् । उनले भने, “भरसक राम्रो नै गरेजस्तो लाग्छ, हामीले त गुणस्तरिय काममा नै जोड दिएका छौं ।” आफुहरुले स्थानीयहरुलाई नै काम गर्न दिएकोले काम गुणस्तरीय भएको पनि उनको भनाई थियो । साथीहरुले विविध कारणले गुणस्तरिय काम नभएको लाञ्छाना लगाएको समेत उनको भनाई थियो ।

Related

प्रमूखखबरहरु 2139819892931554391

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item